संगालोखबर

विराटनगर । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन् । पुरुष एकलतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा आज प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन् ।

Advertisement

पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले पराजित भए । त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को सोझो सेटमा पराजित भएका थिए । दोस्रो खेलमा आयरल्याण्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका थिए । प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए ।

पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!