उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा

उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा

धनकुटा । उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा इजलासले गत आर्थिक वर्षमा ३७९ वटा मुद्दा फछ्र्यौट गरेको छ । आज अदालतले गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा यो जानकारी दिइएको हो । धनकुटा इजलासमा २०८० साउनदेखि २०८१ असार सम्ममा रहेका ४५२ मुद्दामध्ये ३७९ वटा टुङ्गो लगाइएको जनाइएको छ । जिम्मेवारी सरेका १३२ र नयाँ दर्ता ३२० गरी ४५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्...
खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला

खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला

सुनसरी । धरानका १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा आज खानेपानी बोर्डको महसुल सङ्कलन काउन्टरमा ताला लगाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैङ्कको ऋण तिर्नका लागि महसुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसपछि आक्रोशित बनेका राजनीतिक दलका नेता कार्यकर्ताले धरान उपमहानगरपालिका वडा नम्बर ११, १५ र १६ मा रहेका खानेपानी महसुल काउन्टरमा ताला लगाएका हुन् । आन्द...
काभा महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काभा महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौँ । काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो । यो जितसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेक...
ओखलढुङ्गाका युवकको काठमाडौँमा हत्या

ओखलढुङ्गाका युवकको काठमाडौँमा हत्या

काठमाडौँ । ओखलढुङ्गाका एक युवकको काठमाडौँमा हत्या भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ स्थित कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको हो । प्रहरीका अनुसार उनी ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका बासिन्दा हुन् । केही समयदेखि कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा उनी डेरा लिएर बस्दै आएका थिए । घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानको लागि २४ वर्षीया उषा नेपाली र २...
प्रिन्सिपललाई नै कलेजमा प्रवेश नदिइएपछि…

प्रिन्सिपललाई नै कलेजमा प्रवेश नदिइएपछि…

विराटनगर । शनिबार विराटनगरको मनास्लु होटलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो । कार्यक्रममा कोबास कलेजको प्रिन्सिपलको भूमिकामा सुनिल श्रेष्ठ सहभागी थिए ।  आइतवार उनलाई कलेजले प्रिन्सिपलबाट हटाएको भन्ने हल्ला फैलियो । तर उनले यसबारे कतैबाट केही जानकारी पाएका थिएनन् । आज सोमवार श्रेष्ठलाई कलेज प्रवेशमा नै रोक लगाइयो । कलेज व्यवस्थापनले आफूलाई बिनाकारण गेटबाट भित्...
खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

विराटनगर । खुट्टाले लेखेर एसईईमा उत्कृष्ट नतिजा ल्याउने गुल्मीका एक विद्यार्थीलाई सङ्घीय सांसद सुनील शर्माले ल्यापटप कम्प्युटर उपहार दिएका छन् । छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेललाई शर्माले ल्यापटप दिएका हुन् ।  खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए ल्याएका उनलाई ल्यापटप आवश्यक भएको कुरा सोही क्षेत्रका सांसद चन्द्र भण्डारीले जानकारी गराएका थिए । त्यसपछि शर्माले भण्डारी मार्फत ल्यापटप ह...
मनसुन फेरि सक्रिय हुँदैः ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा ‘रेड जोन’ मा

मनसुन फेरि सक्रिय हुँदैः ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा ‘रेड जोन’ मा

विराटनगर । नेपालमा मङ्गलवार र बुधबार मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट कोशी प्रदेशका केही जिल्ला सहित तीन दर्जनभन्दा बढी जिल्लामा 'रेड अलर्ट’ जारी गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित हुने जनाइएको छ । यसैगरी, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला 'रेड जोन' मा पर...
अमेरिकी धावक बने विश्वको सबैभन्दा छिटो दौडने व्यक्ति

अमेरिकी धावक बने विश्वको सबैभन्दा छिटो दौडने व्यक्ति

विराटनगर । अमेरिकी धावक नोह लायल्सले पेरिस ओलम्पिक–२०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण पदक जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् । स्टेड डे फ्रान्समा गएराति भएको एक सय मिटर दौडमा लायल्सले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । लायल्सले जमैकन धावक किसाने थम्पसनलाई पछि पारे । थोम्पसनले ९.७८९ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जिते । अमेरिकाकै फ्रेड केर्लेले...
गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो

गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो

धादिङ । गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रूख ढलेर माइक्रो बसमाथि बजारिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रु घाइते भए...
विराटनगरको ट्राफिक लाइट उद्‌घाटन

विराटनगरको ट्राफिक लाइट उद्‌घाटन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक जडान भएको ट्राफिक लाइटको औपचारिक उद्‌घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा जडान गरिएको लाइटको आज बिहान उद्‌घाटन गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक लाइटको उद्‌घाटन गरे । मन्त्री अधिकारीले यसबाट सवारी आवागमनका साथै पैदलयात्रीलाई पनि स...
बैङ्कमा राखिएको १ करोड १० लाखको मुद्दती रसिद नक्कली भएको दाबी

बैङ्कमा राखिएको १ करोड १० लाखको मुद्दती रसिद नक्कली भएको दाबी

झापा । बिर्तामोडस्थित प्रभु बैङ्कको शाखाबाट करोडभन्दा बढी रकम गायब भएको विषयमा बैङ्कले आफ्नो धारणा सार्वजनिक गरेको छ । त्यसअनुसार स्थानीय मञ्जुकुमारी नेपालको मुद्दती खातामा राखिएको भनिएको रकमसम्बन्धी कागजात नक्कली रहेको बैङ्कको भनाइ छ । मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नक्कली रहेको प्रभु बैङ्कले जनाएको छ । बैङ्कका कोशी प्रदेश प्रमुख बद्री कटुवालले विज्ञप्ति जारी गर्दै उक्त मुद्दत...
२०८१ साउन २१ गते सोमबार/आजको राशिफल

२०८१ साउन २१ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ साउन २१ गते सोमबार ई.सं.२०२४ अगस्त ०५ नेपाल सम्बत ११४४ गुंलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, व्यतिपात योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ०६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरि...
ताप्लेजुङमा फेरि भूकम्प

ताप्लेजुङमा फेरि भूकम्प

ताप्लेजुङ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर आज अपराह्न भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अपराह्‍न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको...
कालोसूचीमा राखिएका ऋणीहरूको नाम अविलम्व खारेज गर्न मञ्चको माग

कालोसूचीमा राखिएका ऋणीहरूको नाम अविलम्व खारेज गर्न मञ्चको माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० बुँदे मागसहित मेची–काली अभियानको सुरुवात गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मञ्चले विभिन्न माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको उल्लेख गर्दै अभियान सुरु गरेको जनाएको हो । मञ्चका केन्द्रीय अध्यक्ष ताराकुमार नेपालले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । कोभिड–१९ महामारीदेखि अहिलेसम्मको ब्या...
एमाले उपाध्यक्ष बरालसहित केन्द्रीय सदस्यहरूले लिए शपथ

एमाले उपाध्यक्ष बरालसहित केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज उपाध्यक्ष बराल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लिला श्रेष्ठसहित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् । गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन ...
धरानमा खानेपानी महसुल वृद्धिविरूद्ध प्रदर्शन

धरानमा खानेपानी महसुल वृद्धिविरूद्ध प्रदर्शन

सुनसरी । धरान खानेपानी व्यवस्थापन बोर्डले अत्यधिक रुपमा महसुल र अन्य शुल्क वृद्धि गरेको भन्दै आज सर्वदलीय संघर्ष समितिले धरानमा विरोध प्रदर्शन गरेको छ । खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गर्दै आएका थिए । निर्धारित कार्यक्रमअनुसार उनीहरुले आज धरान नगरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणको वृहत् सहभागिता थियो । धरानमा ...
मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करले साइकल यात्रीको मृत्यु

मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करले साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करबाट आज बिहान एकजना साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिन जाँदै गरेको विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ का ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार को १ क १७०० नम्बरको बसले रङ्गेली नगरपालिका–२ मा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु...
एक ठाउँमा मात्र पर्याप्त होइन ट्राफिक लाइट

एक ठाउँमा मात्र पर्याप्त होइन ट्राफिक लाइट

कोशी प्रदेशको राजधानी विराटनगरमा ढिलै भए पनि सवारी सञ्चालनलाई व्यवस्थित गर्न पहिलो पटक ट्राफिक लाइट जडान गरिएको छ । कोशी राजमार्गमा पर्ने व्यस्त चोक बरगाछीमा जडान गरिएको ट्राफिक लाइटका कारण हिजो साँझदेखि त्यहाँको दृश्य नै फरक देखिन थालेको छ । ट्राफिक लाइटमा संकेतसूचक बत्ती बल्छ । सवारी साधनहरू त्यसअनुसार निर्धारित ठाउँमा रोकिन्छन् । भरखरै पुनः रङ्गाइएको जेब्रा क्रसबाट पैदलयात्री बाटो आरपार गर्छ...
विपदका घटनामा देशभर १५० को मृत्यु, कोशी प्रदेशमा २५

विपदका घटनामा देशभर १५० को मृत्यु, कोशी प्रदेशमा २५

विराटनगर । बाढी पहिरोलगायत विपदका कारण मनसुन सुरु भएपछि देशभर गरी  १५० जनाको मृत्यु भएको छ । तीमध्ये कोशी प्रदेशका विभिन्न जिल्लाका २५ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदे...
२०८१ साउन २० गते आइतबार/आजको राशिफल

२०८१ साउन २० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ साउन २० गते आइतबार ई.सं.२०२४ अगस्त ०४ नेपाल सम्वत् ११४४ दिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण औंसी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्धि योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः५० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्र...
गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिती बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गरेर जानकारी लिएका हुन् ।  गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको ...
विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगर । विराटनगरको बरगाछीमा सवारी साधन व्यवस्थित रूपमा सञ्चालन गर्न आजदेखि ट्राफिक लाइट औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ । केही समयअघि जडान गरिएको लाइट परीक्षणपछि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । सवारी साधनको बाक्लो चाप हुने यस स्थानमा ट्राफिक लाइट सञ्चालन भएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ । स्थानीय गोविन्द खड्का भन्छन्, ‘बरगाछी दुर्घटनाको केन्द्रजस्तै बनेको थियो । यहाँ ट्रा...
आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

विराटनगर । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’ उपाधि जितेकी हुन् । आज आयोजित ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दीक्षा अवस्थीले प्राप्त गरिन् । यो वर्षको प्रतियोगिताम...
भारतलाई हराउँदै काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

भारतलाई हराउँदै काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

विराटनगर । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाडौँमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जितसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्‍याे । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बरा...
आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

विराटनगर । ‘मिस नेपाल–२०२४’ को ग्राण्ड फिनाले आज साँझ सम्पन्न हुँदैछ । हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना गर्दैछ । २६ जना युवतीहरू मध्येबाट आज नयाँ मिस नेपाल घोषणा हुनेछ । यसपटकको मिस नेपालमा अस्ट्रेलिया, अमेरिका, बेलायत तथा हङ्कङमा अध्ययन तथा रोजगारीको क्रममा बसोबास गरिरहेका नेपाली युवतीहरूले समेत सहभागिता जनाएका छन् । आयोजक संस्थाले प्रतियोगित...
विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगर । ‘विराटनगर विद्यालय नाटक महोत्सव’ को चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्ने भएको हो । आरोहणले महोत्सवमा विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिङ्क  प्रयोग ग...
२०८१ साउन १९ गते शनिबार/आजको राशिफल

२०८१ साउन १९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ साउन १९ गते शनिबार ई.सं.२०२४ अगस्त ०३ नेपाल सम्वत् ११४४ दिल्लागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चर्तुदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वज्र योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर ज...
तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

इलाम । माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा माई नगरपालिका–१० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की छन् । दुर्घटनामा मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामल...
कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा गए रातिदेखि वर्षा भइरहेको छ । वेगसँग हावा चल्ने र पानी पर्ने क्रम जारी छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने क्रम जारी रहेको जनाइएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लु...
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् । टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका–९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोट...
धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध

धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध

धनकुटा । धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनको भाडादर वृद्धि गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् । व्यवसायीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मनोमानी ढङ्गले भाडावृद्धि गरी मर्कामा पारेको भन्दै विरोध गरेका हुन् । बसपार्कस्थित नगरपालिकाको स्वामित्वमा रहेको व्यापारिक भवन भाडामा लगाइएको छ । उक्त भवनमा १३ जनाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले आफूहरूलाई मर्कामा पार्ने गरी नगरपालिका...
error: Content is protected !!