पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्...
चैत २३ गतेदेखि हिले उत्सव हुने

चैत २३ गतेदेखि हिले उत्सव हुने

धनकुटा । धनकुटाको हिलेमा ‘हिले उत्सव’ गरिने भएको छ । हिले फुटबल क्लब र भलिबल क्लबको आयोजनामा चैत २३ गतेदेखि २१ दिनसम्म हिले उत्सव गर्न लागिएको हो । आयोजकले आज पत्रकार सम्मेलन गरेर उत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको हो । हिलेस्थित खेल मैदानमा हुने उत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुती, खानाका स्टल, घरेलु उत्पादनको प्रदर्शनी, बाल उद्यान लगायत रहेनछ । यस पटक उत्सवमा फुटबल र भलिबल प...
धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । नवनियुक्त मन्त्री राईलाई बधाई तथा सम्मानका लागि धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् । खानेपानी उपभोक्ता समितिलाई अहिले एक करोड दिन...
धनकुटामा मन्त्री राजेन्द्र राईद्वारा वडाको भवन शिलान्यास, विद्यालय भवन उद्घाटन

धनकुटामा मन्त्री राजेन्द्र राईद्वारा वडाको भवन शिलान्यास, विद्यालय भवन उद्घाटन

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका-४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् । पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले ...
विराट गोल्डकप: पुलिसलाई हराउँदै भुटान क्वाटर फाइनलमा

विराट गोल्डकप: पुलिसलाई हराउँदै भुटान क्वाटर फाइनलमा

विराटनगर । भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वाटर फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले हराउँदै भुटानले विजयी सुरुवात गरेको हो । जितका लागि भुटानका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरुङले समान १-१ गोल गरे । खेलको ३६ औं मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रह...
धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा आज पिकअपले ट्रकलाई ठक्कर दिँदा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी छन् । दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट ग्य...
युवा उद्यमीले मोटर र्‍यालीमार्फत कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने

युवा उद्यमीले मोटर र्‍यालीमार्फत कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने

विराटनगर । युवा उद्यमीहरूले कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने गरी मोटर र्‍याली गर्ने भएका छन् । नेपाली युवा उद्यमी मञ्च विराटनगर, सुनसरी र झापा च्याप्टरले चैत १६ देखि १८ गतेसम्म मोटर र्‍याली गर्न लागेको हो । तीन वटै जिल्लाका युवा उद्यमीहरूले आज विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली गर्न लागिएको जानकारी दिएका छन् । सुनसरीको इटहरीबाट ...
विराटनगरका वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगरका वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगर । विराटनगरका वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान करिब ३ बजे निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि सुवेदीलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । साहित्यकार सुवेदीका दर्जनौं कृति प्रकाशित छन् । उनको समग्रह समालोचना विश्वविद्यालयमा पढाइ हुने गरेको छ । सुवे...
डढेलोले पाइप जलेपछि खानेपानी आयोजनाको काम प्रभावित

डढेलोले पाइप जलेपछि खानेपानी आयोजनाको काम प्रभावित

धनकुटा । डढेलोले पाइप जलेपछि निर्माणाधीन छथर जोरपाटी वृहत खानेपानी आयोजनाको काम प्रभावित भएको छ । गत चैत २ गते स्थानीय पाथीभरा सामुदायिक वनमा लागेको डढेलोका कारण खानेपानीको पाइप जलेको हो । खानेपानी आयोजनाका लागि बिछ्याएको १४०, ४०, ३२ र २५ एमएमको करिब २ हजार मिटर पोलिथिन पाइप जलेर नष्ट भएको छथर जोरपाटी गाउँपालिका ४ का वडासचिव शंकर ओझाले जानकारी दिए । उनका अनुसार पाइप जलेपछि खानेपानी आयोजना निर्म...
धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान औद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खा...
धनकुटामा आज मन्त्रिपरिषद् बैठक बस्ने

धनकुटामा आज मन्त्रिपरिषद् बैठक बस्ने

धनकुटा । धनकुटामा आज कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रदेश राजधानी विराटनगर बाहिर पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा दिउँसो बैठक बस्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण शाहले जानकारी दिए । बैठकका लागि मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू आउँदैछन् । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्...
विराट गोल्डकपको उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

विराट गोल्डकपको उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

विराटनगर । चैत १५ गतेबाट सुरु हुने विराट गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् । विराटनगरको सहिद मैदानमा हुने रात्रिकालीन खेलमा आरटिसी एफसीले नेपाल पुलिस क्लबको सामना गर्ने तय भएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । बेलुका पौने ६ बजेबाट सुरु हुने गोल्डकपको उद्घाटन मुख्यमन्त्री केदार कार्कीले गर्नेछन् । प...
राजारानी बजारको छड्के अनुगमन

राजारानी बजारको छड्के अनुगमन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमन टोलीले बजारका एक दर्जन भन्दा बढी किराना पसल र आधा दर्जन होटलको अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रम...
विराटनगरका सौन्दर्यकर्मीद्वारा किसान र विद्यार्थीलाई सहयोग

विराटनगरका सौन्दर्यकर्मीद्वारा किसान र विद्यार्थीलाई सहयोग

विराटनगर । विराटनगरका सौन्दर्यकर्मीहरुले किसानलाई मल, बिउ र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगर कमिटी विराटनगरको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार विराटनगर–५ स्थित विशाल चोक नजिक रहेको बस्तीमा पुगेर सहयोग गरिएको हो । एक दर्जन भन्दा बढी किसान र विद्यार्थीहरुलाई सहयोग प्रदान गरेर वार्षिकोत्सव मनाइएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगरका अध्...
बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ का बमबहादुर लिम्बुले श्रीमती गीताको हत्या गरेर आत्महत्या गरेका छन् । ६० वर्षीय बमबहादुरले गएराती करिब १ बजे दाउले हानेर श्रीमती ४५ वर्षीया गीताको हत्या गरेका हुन् । दाउ प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको मृत्यु भएपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘श्रीमानले श्रीमतील...
रारा गोल्डकप जेठमा हुने

रारा गोल्डकप जेठमा हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले जेठ १० देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको रारा फुटबल क्लबका निवर्तमान सचिव युवराज कटुवालले जानकारी दिए । प्रतियोगिताको यो ११ औं संस्करण हो ।...
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-६ स्थित जिरोप्वाइन्ट आज बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु भएको छ । चैनपुर-नुनढाकी भित्री सडकमा बसबाट खस्दा सोही बसका सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको हो । नुनढाकीबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट खड्का खसेका थिए । सोही बसको पछाडिको चक्काले किच्दा खड्का गम्भीर घाइते भए । उपचारका लागि लैजान...
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी विषयमा कपिलवस्तुबाट महरालाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
आगोले जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

आगोले जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पिप्लेमा शनिवार आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । ग्वालीमा आगलागी हुँदा जलेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको हो । आगलागीमा परी स्थानीय रमेश कार्कीकी छोरी ७ वर्षीया दीपशिखा, ३ वर्षीय छोरा देउनिस र रमेशका दाइ केदार कार्कीका छोरा ५ वर्षीय प्रनिश कार्कीको मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईले जानकारी ...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

विराटनगर । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको हो । घटेको मूल्य शुक्रबार राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अब, पूर्वी नेपालमा पेट्रोल प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५५.५० रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, मलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र व...
विराटनगरमा नर्सको हत्या

विराटनगरमा नर्सको हत्या

विराटनगर । विराटनगरमा स्टाफ नर्सको हत्या भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत सिराहाको फुल्काहकट्टीकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको हो । उनी, विराटनगर–४ बुढाथोकी मार्गमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको शौचालयमा आज दिउँसो करिब १२ बजे उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘घाँटीसहित अन्य स्थानमा हतियार प्रहार भएको ...
रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान सकुशल

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान सकुशल

धनकुटा । धनकुटा नगरपालिका-४ सल्लेरीमा आज अपरान्ह रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सडकको भित्तामाथि रहेको सिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा-१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो । उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । अपरान्ह करिब ४ बजे धनकुटाबाट हिले जाने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कास...
बोलेरो पल्टिँदा ६ जनाको मृत्यु, ७ घाइते

बोलेरो पल्टिँदा ६ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरको मैनामैनीमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज ३२९३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ । गाडीमा १४ जना सवार थिए ।
धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटा । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धनकुटा नगरपालिका-७ स्थित टोड्केका रविन विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको आइतबार मृत्यु भएको हो । राती करिब ९ बजे मोटरसाइकलमा साथीलाई कोठा पुर्‍याउन जाँदै गर्दा ट्याङ्करको ठक्करबाट रविनको मृत्यु भएको मलेसियामै रहेका उनका आफन्त प्रेम विश्वकर्माले जानकारी दिए ।...
विराटनगरमा रोजगार मेला गरिने

विराटनगरमा रोजगार मेला गरिने

विराटनगर । विराटनगरमा रोजगार मेला गरिने भएको छ । विराटनगर महानगरपालिकाले चैत २ र ३ गते वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा ‘महानगर रोजगार मेला’ गर्न लागेको हो । विराटनगर महानगरले मंगलबार पत्रकार सम्मेलन गरेर रोजगार मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको हो । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने मेयर नागेश कोइरालाले बताए । स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनश...
धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाइते

धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित फेदीमा मंगलबार साँझ मारुती भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको भ्यान र विपरित दिसाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको भेड...
संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभा । संखुवासभामा विवाह नै नगरी प्रेमीसँग बस्दै आएकी युवतीको हत्या भएको छ । खाँदबारी नगरपालिका-११ का ३१ वर्षीय मंशिरे शेर्पासँग ‘लिभिङ टुगेदर’ बस्दै आएकी सिलिचोङ गाउँपालिका-२ की २६ वर्षीया बिनाकुमारी राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकै प्रेमी मंशिरे शेर्पालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-७ मा ‘लिभिङ टुगेदर’ बस्दै आएका उनीहरूबीच घरायसी विषयमा विवाद हुँदा प्रेमी मंशिरेले...
सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित

सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले छ जना महिला उद्यमीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरूलाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो । वर्कसप सञ्चालन गर्दै आएकी रामकुमारी राई, नाङ्लो बनाउने व्यवसाय गर्दै आएकी योजना राई, किराना पसल सञ्चालक अञ्जना राई, होटल व्यवसायी लिलाकुमारी राई र सिलाइकटाइ व्यवसाय गर्दै आएकी जीव...
धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान

धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान

धनकुटा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रबार धनकुटा नगर क्षेत्रका छ जना महिलालाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाले सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेर महिलाहरूलाई सम्मान गरेको हो । शहीद भीमनारायण श्रेष्ठकी पत्नी लक्ष्मीदेवी, पहिलो निर्माण व्यवसायी महिला फुलमाया वि.क., टेम्पो चालक तृष्णा राई र नाङ्लो बनाउने काम गर्दै आएकी उद्यमी स्मृति राईलाई सम्मान गरिएको छ । डकर्मी काम...
धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटा । धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्कीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे । नागरिकता प्रदान गर्नुअघि उनलाई नेपालको संविधान र कानुनको पालना गर्ने भनी लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर र सपथ ग्...
खानेपानी मन्त्री राजेन्द्र राईद्वारा पदभार ग्रहण

खानेपानी मन्त्री राजेन्द्र राईद्वारा पदभार ग्रहण

काठमाडौं । खानेपानी मन्त्री राजेन्द्र राईले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बुधबार साँझ मन्त्रालय पुगेर मन्त्री राईले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राईसहित १६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । धनकुटाको मुगामा जन्मिएका राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । एमाले केन्द्रिय सदस्यसमेत रहेका राई धनकुटाबाट प्र...
error: Content is protected !!