संगालोखबर

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई गुजरातले टोलीमा अनुबन्ध गरेको छ । बिहीबार गुजरातले उनलाई अक्सनमार्फत १२ लाख ५ हजार भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

Advertisement

तेस्रो संस्करणको लिजेन्ड्स लिगका लागि उनलाई गुजरातले अनुबन्ध गरेको हो । लिग २० सेप्टेम्बरबाट सुरु हुँदैछ । उनले वेस्ट इन्डिजका ब्याटर क्रिस गेलसँग खेल्नेछन् ।

लिगमा ६ टोलीले सहभागिता जनाउँदै छन् । पारस कतारमा भएको लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध थिए । सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरूले खेल्ने लिजेन्ड्स क्रिकेट लिगमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किङ्ग्स र मणिपाल टाइगर्स गरेर चारवटा फ्रेन्चाइज क्लबहरू छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!