संगालोखबर

विराटनगर । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने पुरुषको तस्बिर त्यहाँको प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो ।

Advertisement

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको गत सोमबार साँझ गोली हानी हत्या भएको थियो । मुना भोजपुरकी स्थायी बासिन्दा भएको खुलेको छ ।

स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!