तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

तेह्रथुम । अविरल वर्षापछि मङ्गलबार राति तेह्रथुमको फेदाप गाउँपालिका–४ मा पहिरो जाँदा विद्यादय भवनमा क्षति पुगेको छ । स्थानीय जालपादेवी आधारभूत विद्यालयको भवनमा क्षति पुगेको प्रहरीले जनाएको  छ । पहिरो खसेपछि विद्यालयका भवनहरू सहित अन्य संरचना जोखिममा परेको जनाइएको छ । पहिरोले स्थानीय दलबहादुर कार्कीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । राति आएको ठूलो पानी र हावाहुरीले फेदाप गाउँपालिकामा ...
फरुवाले हानेर घाँटी छिनाइ हत्या गर्ने पक्राउ

फरुवाले हानेर घाँटी छिनाइ हत्या गर्ने पक्राउ

सुनसरी ।  सुनसरीको गढीमा फरुवा प्रहार गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरेको छ । दुई दिनअघि गढी गाउँपालिका–२ थलाहाका ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो । टाउको र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ऋषिदेवले फरुवाले पटकपटक प्रहार गरी घाँटी छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्ध...
विराटनगरको सुधारगृहबाट भागेका दुई बालकको खोजी गर्दै प्रहरी

विराटनगरको सुधारगृहबाट भागेका दुई बालकको खोजी गर्दै प्रहरी

विराटनगर । विराटनगरको बाल सुधारगृहबाट दुईजना बालक फरार भएका छन् । फरक फरक मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका उनीहरू मङ्गलबार दिउँसो फरार भएका हुन् । विराटनगर–३ स्थित बाल सुधारगृहमा राखिएका उनीहरू सुनसरीका हुन् । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुनसरीको कोशी गाउँपालिका–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको छ ।  यस्तै, बराहक्षेत्र नगरपालिका–१...
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

विराटनगर । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला एक...
दुई महिनाअघि स्थगित कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

दुई महिनाअघि स्थगित कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

विराटनगर । गत असार ८ गते बसेको तेह्रौँ बैठकपछि स्थगित भएको कोशी प्रदेशसभा बैठकको मिति तोकिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १४ गते शुक्रबार १ बजेका लागि बैठकको समय तोकेर सूचना जारी गरेका छन् । भदौ १८ गते मङ्गलबारका लागि बैठक आह्वान भएपनि त्यसलाई संशोधन गर्दै १४ गतेका लागि बैठक डाकिएको छ । दुई महिनाको अवधिसम्म बैठक बस्न सकेको थिएन । लामो समय बैठक नबस्दा दलहरूले प्रदेशसभा सचिवालयला...
विपद्का घटनामा १९३ जनाको मृत्यु

विपद्का घटनामा १९३ जनाको मृत्यु

विराटनगर ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी मङ्गलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९३ जनाको मृत्यु भएको हो ।...
पेस्तोलसहित एकजना पक्राउ

पेस्तोलसहित एकजना पक्राउ

झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् । उनलाई एक थान अवैध कटुवा पेस्तोल सहित मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।  घरमा हतियार लुकाएर राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घर खानतलासी गर्ने क्रममा कुखुराको खो...
स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा पक्राउ

स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ स्थित नागरिक आरोग्य केन्द्रका स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँचखपन–२ का ४० वर्षीय भीषण जीमी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जीमीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...
झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको शिवसताक्षीमा एक पुरुषले खुकुरीले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले श्रीमती ४२ वर्षीया रञ्जना गौतम अधिकारीको गएराति हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका बढ्दै गएपछि श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको प्रहरीले उल्लेख गरेको छ । रञ्जनाको घटनास्थलमै मृत्यु भएको थियो । खुकुर...
२०८१ भदौ ५ गते बुधबार/आजको राशिफल

२०८१ भदौ ५ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ०५ गते  बुधबार ई.सं.२०२४ अगस्ट २१ नेपाल सम्वत् ११४४ गुंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्वितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ०५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ म...
एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ । यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र स...
धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश ...
बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । सदरमुकाम फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् । पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिए । १५ वर्षीया बालिकालाई गत आइतबार राति बलात्कार गरेको आरोप उनीम...
ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । विभिन्न पक्षबाट टिकटकको प्रतिबन्ध हटाउन ‘दबाब’ बढेपछि सरकार लचिलो भएको हो ।  पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्ध लगाएकोप्रति धेरैले प्रशंसा गरे भने विरोध गर्नेको सङ्ख्या पनि उत्तिकै थियो ।  टिकटकका माध्यमबाट समाजमा अपाच्य ...
लामीडाँडा विमानस्थलः ४८ वर्षसम्म कच्चीमा नियमित उडान, कालोपत्रेपछि रोकियो

लामीडाँडा विमानस्थलः ४८ वर्षसम्म कच्चीमा नियमित उडान, कालोपत्रेपछि रोकियो

खोटाङ । लामीडाँडा विमानस्थलमा २०७६ असार ३ गते समिट एयरको नाइन एन–एएम्जी विमान मार्फत परीक्षण उडान गरियो । त्यसपछि हालसम्म एउटा पनि उडान हुन सकेको छैन । खोटाङको सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थल ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र भएको थियो ।  नियमित उडान गर्ने भनिएपनि कालोपत्रेपछि गरिएको परीक्षण उडानबाहेक अन्य उडान तथा अवतरण हुन सकेको छैन । तत्कालीन सांसद विशाल भट्टराईले...
स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने

स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने

विराटनगर । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्ने तयारी गरेको हो । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ क...
विराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना 

विराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना 

विराटनगर । विराटनगर महानगरपालिका–४ नहर छेउमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । मुडुला कार्की कुलायन समाज अगाडी केही बेरअघि भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटर चालक घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नोवेल अस्पताल लगिएको छ । घटनास्थलमा ट्राफिक प्रहरी पुगेर अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । 
जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । जापानमा हुने वादोरियो कराते डो नवौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा चारजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनले प्रतिस्पर्धा गर्ने भएका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापानको राजधानी टोकियोमा प्रतियोगिता हुनेछ । खेलाडीसहित ६ जनाको टोलीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाह...
धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा

धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा

धनकुटा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज धनकुटामा पनि मनाइएको छ । धनकुटासहित देशका विभिन्न ठाउँमा बसोवास गर्ने नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइरहेका छन् । गाईजात्रा पर्व विशेषगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी जात्रामा सहभागी गराउने चलन छ । धनकुटाको श्रीवा...
पौडी खेल्दा सिङ्घिया खोलामा डुबेर सिंहको मृत्यु

पौडी खेल्दा सिङ्घिया खोलामा डुबेर सिंहको मृत्यु

विराटनगर । पौडी खेल्ने क्रममा विराटनगरको सिङ्घिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंह छन् । पौडी खेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको थियो । खोजीका क्रममा सिंह मृत अवस्थामा भेटिएका हुन् । पोष्टमार्टमपछि शव परिवारले बुझेको प्रहरीले जनाएको छ । घटनाक...
यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

विराटनगर । पछिल्लो समय देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार देशका ७४ जिल्लामा यसको सङ्क्रमण फैलिसकेको छ । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । यस्ता हुन्छन् मुख्य लक्षण डेङ्गुको सङ्क्रमण भएमा उच...
कोशी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६३९ पुग्यो

कोशी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६३९ पुग्यो

विराटनगर । डेङ्गु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार सबैभन्दा बढी तनहुँमा फैलिएको छ ।  गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा १ हजार ४ सय ४८, बागमतीमा ९ सय २८, कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८ जनामा डेङ्गु पुष्टि भएको छ । यसैगरी सुदूरपश्चिममा २ सय ९५, मधेशमा ६५ र कर्णाली प्र...
विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । विराटनगरमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ करेन्ट लागेर विराटनगर–१४ जतुवाकी ४२ वर्षीया सरितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । चापाकलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते उनको सवा ६ बजेतिर मृत्यु भएको हो । उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ भदौ ४ गते मङ्गलबार/आजको राशिफल

२०८१ भदौ ४ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ०४ गते  मङ्गलबार ई.सं.२०२४ अगस्त २० नेपाल सम्वत् ११४४ गुंलागा पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ०५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जु...
आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

विराटनगर । नेवार समुदायले मनाउने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित आज मुलुकभर मनाइँदैछ । नेवार समुदायको बसोबास रहेका स्थानहरूमा विशेष रुपमा गाईजात्रा मनाइन्छ । पूर्वका धनकुटा, सुनसरी, इलाम, मोरङलगायत जिल्लामा पनि यो पर्व मनाइन्छ । यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक...
श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उ...
स्कुटी, मोबाइल र चप्पल पुलमा छाडेर कोशीमा हामफाले युवक

स्कुटी, मोबाइल र चप्पल पुलमा छाडेर कोशीमा हामफाले युवक

सुनसरी । कोशी नदीको चतरास्थित पुलबाट हामफालेर एकजना युवक बेपत्ता भएका छन् । उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सीमामा रहेको चतरा पुलबाट हाम फालेर आज अपराह्‍न ती युवक बेपत्ता भएका हुन् । महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार धरानबाट आएका अन्दाजी २६ वर्षीय सुनील साह पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । उनी को ९ प ९८६५ नम्बरको स्कुटर लिएर त्यहाँसम्म पुगेका थिए । धरान उपमह...
विराटनगरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्छौँः मुख्यमन्त्री कार्की

विराटनगरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्छौँः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्राको तयारीका विषयमा अवलोकन गरी समितिसँग जानकारी लिएका छन् । आज बिहान तीनपैनीस्थित मन्दिर परिषद्मा पुगेर मुख्यमन्त्री कार्कीले रथयात्राको तयारीबारे जानकारी लिएका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रा तयारीको अवस्था, मन्दिरको निर्माणाधीन भवनको निर्माण प्रगति तथा मन्दिरसँग सम्बन्धित अन्य विषयमा जा...
पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल

पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल

धनकुटा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । पार्टी जिल्ला समितिको तेस्रो पूर्ण बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका उनले आज यस्तो बताएका हुन् । एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ’ बरालले भने । समग्र नेपाली जनताको आर्थि...
नोवेल र भूदेव खाद्य उद्योगबीच सुलभ उपचार सम्झौता

नोवेल र भूदेव खाद्य उद्योगबीच सुलभ उपचार सम्झौता

विराटनगर । भूदेव खाद्य उद्योग प्रा. लि. (हुलास फुड) र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच सुलभ स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । उक्त उद्योगसँग आवद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो । सम्झौतापछि उद्योगसँग आवद्ध बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भए नोवेलमा उपचार गर्दा विशेष छुटको व्यवस्था हुने जनाइएको छ । उद्योग अन्...
सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

विराटनगर । सुनसरीको थलाहामा टाउको नभएको शव भेटिएको छ । गढी गाउँपालिका–२ मा पर्ने थलाहामा आज बिहान पुरुषको शव टाउको विहीन अवस्थामा फेला परेको हो । उक्त शव स्थानीय ५० वर्षीय ज्ञानसन ऋषिदेवको भएको खुलेको छ । उनको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार घटनास्थलमा अनुसन्धानका लागि टोली परिचालन गरिएको छ । टोली ...
error: Content is protected !!