सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

विराटनगर । सुनसरीको थलाहामा टाउको नभएको शव भेटिएको छ । गढी गाउँपालिका–२ मा पर्ने थलाहामा आज बिहान पुरुषको शव टाउको विहीन अवस्थामा फेला परेको हो । उक्त शव स्थानीय ५० वर्षीय ज्ञानसन ऋषिदेवको भएको खुलेको छ । उनको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार घटनास्थलमा अनुसन्धानका लागि टोली परिचालन गरिएको छ । टोली ...
पहिरोले घरसँगै पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

पहिरोले घरसँगै पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । गएराति पहिरोले स्थानीय बिरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चारजनाको मृत्यु भएको छ । चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । मृत्यु हुनेमा बिराकी पत्नी अन्दाजी ५५ वर्षीया...
आज जनैपूर्णिमा, रक्षाबन्धनसँगै क्वाँटी खाने दिन

आज जनैपूर्णिमा, रक्षाबन्धनसँगै क्वाँटी खाने दिन

विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।  जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलि...
२०८१ भदौ ३ गते सोमबार/आजको राशिफल

२०८१ भदौ ३ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्ट १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ०५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेर...
खोटाङमा झाडापखालाले बालकको मृत्यु

खोटाङमा झाडापखालाले बालकको मृत्यु

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका चार वर्षीय दिप्सन भुजेलको झाडा पखालाले मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा आज अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई केही दिन अघिदेखि नै झाडापखाला लागेको भए पनि उपचारका लागि ढिलो गरी अस्पताल पुर्याइएको जनाइएको छ । याम्खामा अरु केही व्यक्तिमा पनि झाडापखालाको समस्या रहेको जनाइएको छ ।
उदयपुरमा दुर्घटना: एकको मृत्यु, २० जना घाइते

उदयपुरमा दुर्घटना: एकको मृत्यु, २० जना घाइते

उदयपुर । उदयपुरको चुरे जंगल क्षेत्रमा रहेको सडक खण्डमा ‘विंगर’ गाडी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका–३ की ५० वर्षीया गीता कार्की राउत को मृत्यु भएको हो । गाईघाटबाट सिरहाको लहान जाँदै गरेको ना १ ज ६२७९ नम्बरको विंगर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
एमाले कोशी प्रदेश कमिटीद्वारा १३ बुँदे आचारसंहिता जारी

एमाले कोशी प्रदेश कमिटीद्वारा १३ बुँदे आचारसंहिता जारी

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले १३ बँदे आचारसंहिता जारी गरेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रदेश कमिटीले पार्टीको निती विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनैपनि कार्य गर्न  नहुने, गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरू गर्ने काम गर्न नपाइने ल...
मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

विराटनगर । दुर्लभ वन्यजन्तु र तिनको अंगसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र उदयपुरबाट पक्राउ परेका उनीहरूको साथबाट दुर्लभ वन्यजन्तु सालकको खपटा, विशेष प्रजातिको छेपारो लगायत बरामद गरिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्र १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार रंगेली नगरपालिका–१ बबियाका ४५ वर्षीय गगन...
साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १–० को जित दर्ता गरेको छ । च्याम्पियनसिप आजैबाट सुरु भएस्को हो । आजको उद्घाटन खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपालसहित...
एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्बभन्दा बढी रेमिट्यान्स

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्बभन्दा बढी रेमिट्यान्स

विराटनगर । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा यो १६.५ प्रतिशतले बढी हो । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको छ । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको सङ...
एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह

एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह

विराटनगर । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को दुरुपयोग बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत गराएको छ । एआई लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्व लगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ब्युरोले ध्यानाकर्षण गराएको हो । पछिल्लो समय एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न, नगराउन भनेको छ । सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआ...
एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष गुरु बराल भोलि धनकुटा आउने भएका छन् । एमाले धनकुटाले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमका लागि उनी धनकुटा आउन लागेका हुन् । एमाले जिल्ला कमिटी धनकुटाको तेस्रो पूर्ण बैठक बिहान ८ बजे श्रीवानीस्थित पार्टी कार्यालयमा हुने जनाइएको छ । त्यसपछि दिउँसो ११ बजे सामुदायिक भवनमा पार्टी प्रवेशको वृहत कार्यक्रम हुने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन...
सहकारीको ऋण बेलैमा चुक्ता नगरे कारबाहीः धनकुटा नगरपालिका

सहकारीको ऋण बेलैमा चुक्ता नगरे कारबाहीः धनकुटा नगरपालिका

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न आग्रह गरेको छ । ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयमा ऋण चुक्ता नगरे सहकारी ऐनअनुसार कारबाही गरिने जनाएको छ ।  नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिएर तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता नगर्दा संस्थाहरूमा तरलताको समस्या भएको नगरपालिकाले उल्लेख गरेको छ । जसका कारण सदस्यहरूको...
कुटपिट गरी श्रीमतीको हत्या

कुटपिट गरी श्रीमतीको हत्या

महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा कुटपिट गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार  स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई घरायसी विवाद हुँदा हिजो साँझ कुटपिट गरेका थिए । निर्घात कुटपिटपछि गम्भीर घाइते भएकी रोशनालाई बेलैमा उपचारक...
उद्योग परिसङ्घ युवा उद्यमी मञ्च कोशीको अध्यक्षमा रिजाल

उद्योग परिसङ्घ युवा उद्यमी मञ्च कोशीको अध्यक्षमा रिजाल

विराटनगर । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) कोशी अध्यक्षमा मुनन रिजाल निर्वाचित भएका छन् । मञ्चको प्रथम साधारणसभाबाट रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभाबाट मञ्च कार्यसमितिको लर्निङ चेयरमा सुशन प्रधान, को–लर्निङ चेयरमा विशाल अग्रवाल, मेम्बरसिप चेयरमा शरद जोशी र को–मेम्बरसिप चेयरमा कुनाल साह निर्वाचित भएका छन् । त्यस्तै, स्टार्ट–अप चेयरमा रजत साहेवाला, फ...
धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भदौ ४ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।  नगर कार्यपालिकाको साउन ३२ को निर्णयानुसार नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय, शैक्षिक संस्था, सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
विपदमा परी कोशीमा २७ जनाको मृत्यु, तीनजना बेपत्ता

विपदमा परी कोशीमा २७ जनाको मृत्यु, तीनजना बेपत्ता

विराटनगर । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५५ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १८१ जनाको मृत्यु भएको हो । काठमाडौं उपत्य...
सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च भएको हो । शुक्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । साउन २९ मा नयाँ रेकर्ड राखेको सुनको मूल्यले आज त्यसलाई पनि उछिनेको छ । साउन २९ गते सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ रुपैयाँ कायम भएको थियो । ...
विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा

विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा

विराटनगर । विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । देशभर ११ वटा शाखा रहेको र विदेश जाने विद्यार्थीहरूलाई ९ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए । हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानाडालगायत देशमा विद्यार्थी जाने गरेका छन् । ब्रिज इन्टर...
हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति

हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति

झापा । हावाहुरीका कारण झापाका विभिन्न स्थानमा क्षति भएको छ । गएरातिको हुरीले कतिपय क्षेत्रमा बिजुलीका खम्बा ढालेको छ । केही स्थानमा घरका छाना समेत उडाएको जनाइएको छ । बिजुलीको खम्बा ढलेपछि मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टा तथा आसपास क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध बनेको छ । हुरीले चारआलीको पाउ पाथीभरा मन्दिर नजिक राजमार्गमा सखुवाको रूख ढाल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्ता...
साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरु बीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । उद्‌घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करण सहित सन...
जब कोशीको बाँध फुट्यो…

जब कोशीको बाँध फुट्यो…

सुनसरी । आज भदौ २ गते । आजको दिनले १६ वर्ष अघिको एउटा त्रासमय घटना सम्झना गराउँछ । २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किएर त्राहिमाम अवस्था सिर्जना भएको थियो । त्यसैले यो दिनलाई धेरैले अकल्पनीय घटना भएको दिनका रुपमा सम्झन्छन् । तत्कालीन पश्चिम कुशाहा गाविसस्थित कोशी ब्यारेजको उत्तरी भागमा कोशीको बाँध दिउँसो करिब साढे १ बजे फुटेको थियो । हेर्दाहेर्दै बाँधमा रहेका कैयौँ ठूला रुखहरू नदीमा व...
२०८१ भदौ २ गते आइतबार/आजको राशिफल

२०८१ भदौ २ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २ गते आइतबार ई.सं.२०२४ अगस्ट १८ नेपाल सम्बत ११४४ गुंलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, श्रावण शुक्ल चतुर्दशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, आयुष्मान योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ०६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै द...
अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

काठमाडौँ । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । काठमाडौंमा शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूलाई उछिन्दै तामाङले उपाधि जितेकी हुन् । उपाधिसँगै अनुयाले नगद १० लाखसहित गिफ्ट ह्याम्पर पाएकी छन् । कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, मेलिना र...
१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने ग...
विराटनगरका सागर घिमिरे ‘मिस्टर नेपाल-२०२४’ को फाइनलमा

विराटनगरका सागर घिमिरे ‘मिस्टर नेपाल-२०२४’ को फाइनलमा

विराटनगर । विराटनगर महानगरपालिका–१ हाम्रो चोकका ३१ वर्षीय सागर घिमिरे मिस्टर नेपाल २०२४ को फाइनलमा प्रवेश गरेका छन् । विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उनले भोटिङ राउन्डमा स्थान पाएका छन् । सागरले ब्याचलर इन फुड टेक्नोलोजीमा अध्ययन गरेका छन् भने मोडलको रूपमा पनि परिचित छन् । उनले आफूलाई भोट दिएर फाइनलमा जिताउन आग्रह गरेका छन् । उनलाई ईसेवामा मिस्टर नेपाल २०२४ सर्च गरेर भोट दिन सकिने छ ।
‘बचतकर्ताको रकम जोखिममा पर्न हुँदैन’

‘बचतकर्ताको रकम जोखिममा पर्न हुँदैन’

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले सहकारीमा समस्या आउनुको मुख्य कारण सञ्चालकको नियत भएको बताएका छन् । विराटनगर–१७ रानी स्थित गौरव बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खराब नियत भएका सहकारी सञ्चालकको पहिचान गर्न सकेमा बचतकर्ताको बचत जोखिममा पर्नबाट जोगिने उल्लेख गरे । पछिल्लो समय विभिन्न सहकारीमा देखिएको समस्या कारण ...
सोलुखुम्बुको बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्री सहितको टोली

सोलुखुम्बुको बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्री सहितको टोली

सोलुखुम्बु । खुम्बु–पासाङल्हामु गाउँपालिका–५ मा बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रक्षामन्त्री मानवीर राईको नेतृत्वको टोली आइपुगेको छ । टोलीमा सङ्घीय र प्रदेशसभा सदस्य लगायत छन् । थामे खोलामा लेदो सहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति पुगेको छ । बाढीबाट प्रभावित ९३ जनाला...
२०८१ भदौ १ गते शनिबार/आजको राशिफल

२०८१ भदौ १ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १ गते शनिबार ई.सं.२०२४ अगस्ट १७ नेपाल सम्बत ११४४ गुंलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३५ बजे, सूर्यास्त साँझ ०६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसु...
ट्याङ्करको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

ट्याङ्करको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र पछाडि बसेका ४२ वर्षीय जयप्रकाश मेहता छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल बोकेको को १ ख...
पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित चिउरीबोटे नजिक पहिरो खसेपछि सेउले–मधुगंगा ग्रामीण सडक अवरुद्ध भएको छ । गएराति सडक माथिबाट पहिरो खस्दा पैदल हिँड्न समेत समस्या भएको छ । सवारी साधन सञ्चालन हुन सकेको छैन । सेउले र चिउरीबोटे बीचको खहरे खोला माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक क्षति पुगेको स्थानीय चेतनाथ वाग्लेले बताए । पहिरोका कारण स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री बजार पुर्याउन पनि कठिन...
error: Content is protected !!