थ्री स्टारका कप्तान योगेश गुरूङ र चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकी गोल्डकपको ट्रफी उचाल्दै । तस्बिर : मोहन ढकाल/संगालोखबर

विराटनगर । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब नवौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि चुम्ने दाउमा छन् । विराटनगरको सहिद रङ्गशालामा भोलि साँझ ६ः३० बजेबाट हुने फाइनल खेलमा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

थ्री स्टार विराट गोल्डकपको पूर्व विजेता टोली हो भने चर्च ब्वाइज पहिलो पटक उपाधि जित्ने दाउमा छ । मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै थ्री स्टार फाइनलमा प्रवेश गरेको हो । विराट गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइज एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

चर्च ब्वाइज र थ्री स्टारबीच यो सिजनको प्रतियोगितामा पहिलोपटक विराट गोल्डकपको फाइलनमा भेट हुँदैछ । चर्च ब्वाइज पहिलो र थ्री स्टार दोस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा प्रवेश गर्नेछन् ।

थ्री स्टारले पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३-० गोलले हराउँदै थ्री स्टारले उपाधि हात पारेको थियो । चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटाको उपाधि जितिसकेको छ ।

सहिद रङ्गशालमा आज भएको प्रि-म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।

चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे ।

थ्री स्टारका प्रशिक्षक गणेश खड्काले  मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने  बताए । तर थ्री स्टारका क्याप्टेन योगेश गुरुङ फाइनलमा खेल्न पाउने छैनन् । उनले डबल पहेँलो कार्ड खाएका कारण फाइनल खेल गुमाएका हुन् ।

थ्री स्टारका कप्तान गुरुङले आफू फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधि जित्ने दाबी गरे । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफू नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो ।  प्रतियोगिताको विजेताले  ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!