विराटनगर । विराट गाेल्डकपकाे फाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टारले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलमा थ्री स्टारले चर्च ब्वाइज युनाइटेडविरूद्ध एक गाेल गरेकाे हाे ।
थ्री स्टारका लागि खेलकाे ५ औं मिनेटमा खेमराज श्रेष्ठले गाेल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजले थुप्रै अवसर पाएपनि सदुपयाेग गर्न सकेनन् ।
प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।