विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । होलीको शुभकामना सन्देश जारी गर्दै सभामुख विष्टले यस पर्वले हाम्रो जीवनमा नयाँ उमङ्ग र ऊर्जा ल्याउने विश्वास गरेका छन् ।
आज हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइँदै छ भने भोलि तराइका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
एकताको पर्वको रूपमा मनाउँदै आएको फागु पूर्णिमा पर्वले समाजमा हुने विभेद र वैमनस्यता हटाउन, दीन-दुःखी र असहायको सहयोग गर्न तथा शान्तिपूर्ण वातावरणको सिर्जना गर्न सहयोग पुर्याउने उनले उल्लेख गरेका छन् ।