नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा करिब ९० हजार परीक्षार्थी सहभागि हुने भएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले आज विराटनगर पत्रकार सम्मेलन गर्दै परीक्षामा सहभागि हुने परिक्षार्थी र तयारीका विषयमा जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार साधारण र प्राविधिक धार तथा खुल्लासहित १४ जिल्लाबाट ८० हजार नौ सय ३४ जना परीक्षार्थी सहभागि हुनेछन् । जसमध्ये मोरङ जिल्लाबाट सबैभन्दा बढी १८ हजार एक सय सात जना परीक्षार्थी सहभागि हुनेछन् ।

Advertisement

यस्तै मोरङपछि झापाबाट १७ हजार २८, सुनसरीबाट १३ हजार पाँच सय ८३, उदयपुरबाट पाँच हजार आठ सय ८१, इलामबाट चार हजार दुई सय ३१, खोटाङबाट तीन हजार आठ सय नौ र संखुवासभाबाट तीन हजार एक सय २० जना परिक्षार्थी सहभागि हुनेछन् ।

यसैगरी पाँचथरबाट दुई हजार आठ सय छ, धनकुटाबाट दुई हजार पाँच सय ३५, भोजपुरबाट दुई हजार चार सय ९२, ताप्लेजुङबाट दुई हजार दुई सय ७२, ओखलढुङ्गाबाट दुई हजार दुई सय २०, सोलुखुम्बुबाट एक हजार छ सय ६० र तेह्रथुमबाट सबैभन्दा कम एक हजार एक सय ९० जना परीक्षार्थी एसइईमा सहभागि हुँदैछन् ।

प्रदेशभरि तीन सय ७१ परीक्षा केन्द्र तोकिएको छ । आगामी चैत ७ गतेबाट सुरु हुने एसइई परीक्षा चैत १९ गते समापन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!