विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेकाे छ ।
आज राति सहिद रंगशालामा भएकाे अन्तिम सेमिफाइनल खेलमा पुलिसलाई १-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेकाे हाे ।
खेलकाे ७० औं मिनेटमा लाक्पा पाख्रिनले गरेकाे गाेल नै चर्च ब्वाइजका लागि निर्णायक बन्याे । प्रतिस्पर्धात्मक खेलमा थुप्रै अवसर पाएपनि पुलिसले गाेल फर्काउन सकेन । खेलकाे म्यान अफ द म्याच चर्च ब्वाइजका गाैरव श्रेष्ठ घाेषित भए । चर्च ब्वाइजले फाइनलमा थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।
एनआरटी फुटबल क्लबलाई २-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने सशस्त्र प्रहरी बल एपीएफलाई १-० गाेल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।