तमोर दिदीबहिनी समूहद्वारा विश्रान्तिका वृद्धवृद्धालाई भोजन
धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर दिदीबहिनी बचत समूहले विश्रान्ति मन्दिर मूलघाटमा रहेका वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । तिज आगमनको सन्दर्भमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको छ ।
विश्रान्ति मन्दिर परिसरमा अशक्त तथा आफ्ना छोराछोरी नभएका वृद्धवृद्धा बस्ने गरेका छन् । उनीहरूलाई भोजन गराएर नाचगानसहित मनोरञ्जनात्मक कार्यक्रम गरिएको समूहले जनाएको छ ।
आश्रममा २० जना वृद्ध र १७ जना व...




























