अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई हटाउन प्रहरीद्वारा बल प्रयोग, स्थिति तनावपूर्ण
विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
प्रशासनले निषेधित क्षेत्र तोकेकाले अनशनरत टोलीलाई त्यहाँबाट हटाउन प्रहरीले बल प्रयोग गरेको हो । अनशनमा बसेका काँग्रेस नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच घम्साघम्सीको स्थिति सृजना भएको छ ।
अनशनस्थलबाट प्रहरीले विराटनगर महानग...





























