२०८१ भदौ २९ गते शनिबार/आजको राशिफल

२०८१ भदौ २९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २९ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर १४ नेपाल सम्वत् ११४४ ञंलाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल एकादशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शोभन योग, शोभन करण । आज नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दि...
विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

धनकुटा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । ६० औं बालदिवसको अवसरमा भाषा माध्यमिक विद्यालय धनकुटा इकाईले आज कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । नर्सरी र केजीका बालबालिकालाई तातो आलु प्रतियोगिता गराइएको परिषद्का प्रदेश सचिव जितेन लोहारले जानकारी दिए ।  तातो आलु प्रतियोगितामा सुबेक्षा तामाङ प्रथम, युबन् लिम्बू द्वितीय र रि...
दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

धनकुटा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले दश वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । आज सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्न धनकुटा आएकी राईले यस्तो बताएकी हुन् । मातहतका जिल्ला अस्पतालहरूमा निःशुल्क उपचारको कार्यक्रममा बजेट समेत विनियोजन गर्ने उनले उद्घोष गरिन् । राज्यमन्त्री राईल...
विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो । विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो । यसैगरी बालबालिकालाई सक्ष...
तोलामा तीन हजार बढेको सुनको मूल्यमा पुनः नयाँ रेर्कड, कति पुग्यो ?

तोलामा तीन हजार बढेको सुनको मूल्यमा पुनः नयाँ रेर्कड, कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएको छ । तोलामा तीन हजार बढेको सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले ...
रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो । आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् । सोही क्रममा जिन्सी...
इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ । उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् । ‘खाली नोट कहाँबाट आयो भन्न...
कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशमा काङ्ग्रेसबाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारमा सहभागी मन्त्रीहरूलाई सपथ खुवाएका हुन् । काङ्ग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सदानन्द मण्ड...
२०८१ भदौ २८ गते शुक्रबार/आजको राशिफल

२०८१ भदौ २८ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २८ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर १३ नेपाल सम्वत् ११४४ ञंलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...
दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्ने बताएका छन् । नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले यस्तो बताएका हुन् । उनले यसको लागि तयारी थाल्ने उल्लेख गरे । एमाले मोरङले ६ बुँदे ध्यानाकर्षण पत्र मेयर कोइरालालाई बुझाएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना भइसक्दा पनि महानगरले विकास निर्माणका सवालमा अपेक्षित काम गर्न नसकेक...
प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको प्रति चौतर्फी आलोचना 

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको प्रति चौतर्फी आलोचना 

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ । प्रेस चौतारी र पत्रकार महासङ्घले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्था हुँदाहुँदै धरपकड गर्न खोज्नु गलत भएको उल्लेख गरेका छन् । जनता टाइम्स अनलाइनका सञ्चालक समेत रहेका बस्नेतलाई काठमाडौंको बा...
जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई 

जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई 

धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले सामान्य काममा पनि दुःख पाइरहेका छन्’, पूर्वमन्त्री राईले भने, ‘हामीलाई जनताले जिताएर पठाएका हुन् ।...
इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम । इलाम नगरपालिका-९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु भएको छ । गत जेठबाट रोकिएको उडान यात्रु पाएसँगै आज बिहानबाट सुरु भएको हो । नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इन्चार्ज दिनेश सुन्दासका अनुसार तत्कालका लागि हप्तामा एक दिन इलाम काठमाडौं उडान हुनेछ । नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान भर्नेछ । आइतबार र बिहीबार उडान हुँदै आएकोमा अब केही समय भने बिहीबार मात्र उडा...
धनकुटाबाट एक वर्षमा ३६ अर्बको तरकारी तथा फलफूल निर्यात 

धनकुटाबाट एक वर्षमा ३६ अर्बको तरकारी तथा फलफूल निर्यात 

धनकुटा । धनकुटाबाट एक वर्षमा ३६ अर्ब बढीको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३६ अर्ब ३५ करोड ६३ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको हो । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ५४ करोड ६४ लाख ४९ हजार रुपैयाँ बराबरको ६ हजार ५ सय ७६ दशमलव ६७ मेट्रिक टन नगदे बाली निर्...
आजबाट ‘कृषि एक्स्पो’ सुरु

आजबाट ‘कृषि एक्स्पो’ सुरु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका हुन् । एक्स्पोमा कृषि तथा पशुपन्छीसम्बन्धी सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानका उत्पादनसहितको एक सय ३० वटा स...
कति घट्यो सुनको मूल्य ?

कति घट्यो सुनको मूल्य ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । हिँजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक सय घटेर आज सुनको मूल्य एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । हिँजो एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।
झापामा पूजाको प्रसाद खाँदा बिरामी परेका ५९ जनामध्ये ५२ जना डिस्चार्ज

झापामा पूजाको प्रसाद खाँदा बिरामी परेका ५९ जनामध्ये ५२ जना डिस्चार्ज

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-९ मा पूजाको प्रसाद खाँदा बिरामी परेका मध्ये ५२ जना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय रीता निरौलाको घरमा पूजाको प्रसाद खाँदा ५९ जना बिरामी परेका थिए । जसमध्ये ५२ जनाको डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले संगालोखबरलाई जानकारी दिएको छ । अन्य सात जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । वडा नम्बर ९ का वडाध्यक्...
धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ : मन्त्री खड्का

धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ : मन्त्री खड्का

धनकुटा । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका खड्काले आगामी निर्वाचनमा सातवटै पालिका जित्नेगरी तयारी थाल्नुपर्ने बताएका हुन् । उनले यसमा आफूले पनि सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै खड्काले अहिलेको गठबन्धन आगामी निर्वाचन सम्म टिक्ने दाबी समेत गरे । ...
कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आफ्नै भवनबाट सेवा विस्तार गरेको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले उद्‌घाटन गरेसँगै बोर्डले आफ्नै भवनबाट सेवा बिस्तार गरेको हो । मन्त्री राईले बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए । राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नया...
२०८१ भदौ २७ गते बिहीबार/आजको राशिफल

२०८१ भदौ २७ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २७ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १२ नेपाल सम्वत् ११४४ ञंलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, आयुष्मान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा...
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

विराटनगर । प्रदेश सरकारसमक्ष विभिन्न माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज राती अनसन तोडेका छन् । अनशनरत पक्ष र सरकारका प्रतिनिधिबीच सहमति जुटेपछि कार्कीले नवजात शिशुको हातबाट जुस पिएर राती करिब ९ः३० बजे अनशन तोडेका हुन् । कार्कीलाई जुस खुवाउन विराटनगर-६ की निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरलाई देवकोटा चोकस्थित अनशनस्थल ल्याइएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा का...
विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगर । अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा विराटनगरमा आज साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले विराटनगरको हस्पिटल चोकमा जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले प्रदेश सरकार र प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ...
सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा समर्थन जनाएका छन् । अनशनरत स्थलमा पुगेका राईले कार्कीले उठाएका मागहरू जायज भएका कारण आन्दोलनमा पार्टीले समर्थन गरेको बताए । सरकारले अहिले नै माग पूरा गर्न सक्दैन भने पनि वार्तामा आएर समाधान खोज्नतर्फ लाग्नुपर्ने उनले बताए । ‘अनशन भनेको आन्दोलनको सबैभन...
दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा पुगेका छन् । पार्टीका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री समेत रहेका थापाले अनशन स्थलमा पुगेर अवस्था बुझेका हुन् । अनशनरत कार्कीले सरकारले आफूले राखेका माग सम्बोधन गरेमात्र अनशन छाड्ने थापालाई जानकारी गराएका छन् । कार्कीले भने, ‘रहरले अनशन बसेको हैन । मेरो लागि पनि हैन । जनताका...
मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ नयाँ टोलमा करेन्ट लागेर पतिपत्नीको मृत्यु भएको छ । आज बिहान विद्युतीय मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । भारत भागलपुर घर भएर बुढीगंगा-५ मा बस्दै आएका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । उनीहरूले बुढीगंगा-५ मा देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको मोर...
धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका-४ खोकुबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति दुई सय ८७ किलो गाँजासहित २५ वर्षीय मेखराज राईलाई नियन्त्रणमा लिएको हो । राईले चलाएको को १ च ९२९० नम्बरको पिकअप चेकजाँचका क्रममा २५ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पिकअप र चालक सहिदभूमि-४ का राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेक...
माग पुरा नभएसम्म पूर्वमुख्यमन्त्री कार्कीको अनशन जारी रहने

माग पुरा नभएसम्म पूर्वमुख्यमन्त्री कार्कीको अनशन जारी रहने

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन जारी राखेका छन् । विभिन्न ९ बुँदे मागसहित हिजो दिउँसो ४ बजेबाट अनशन सुरु गरेका कार्कीले दोस्रो दिन पनि अनशन जारी राखेका हुन् । कार्कीले अनशन सुरु गर्नुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। कार्की निषेधित क्षेत्रमा अनशन बसेपछि बल प्रयोग गरेर प्रहरीले हटाएको...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड 

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड 

विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा एक हजार बढेर सुन तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको थियो । यसअघि गत शुक्रबार तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा एक हजार ७६५ रुपैयाँ क...
२०८१ भदौ २६ गते बुधबार/आजको राशिफल

२०८१ भदौ २६ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २६ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर ११ नेपाल सम्वत् ११४४ ञंलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ ...
प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

विराटनगर । प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको भएपनि कार्की फेरि अनशन बस्न देवकोटा चोक आइपुगेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाई पूर्वमुख्यमन्त्री कार्कीलाई उनको घर पुर्‍याएर छोडेको थियो । घर पुर्याए लगत्तै कार्की पुनः फर्किएर देवकोटा चोक आई अनशन बसेका छन् । उनीसहित केही नेता कार्यकर्ता अह...
अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटायो 

अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटायो 

विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । कार्कीसहितका एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले अनशनस्थलबाट हटाएको हो । सो क्रममा अनशनरत पक्ष र प्रहरीबीच केही समय घम्साघम्सी भएको छ । आन्दोलनरत पक्षले प्रदर्शन गरिरहेकाले सो क्षेत्र अहिले तनावपूर्ण बनेको छ ।
error: Content is protected !!