धनकुटाको मूलघाट-छिम्सुवा सडक सुचारु

धनकुटाको मूलघाट-छिम्सुवा सडक सुचारु

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड सञ्चालनमा आएको छ । अत्यधिक वर्षासँगै पहिरो जाँदा आइतबार रातिदेखि अवरुद्ध भएको उक्त सडक खण्ड आज मध्यान्हदेखि सञ्चालनमा आएको हो । सोमबार बिहानैदेखि एस्काभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पहिरो पन्छाउन खटिएका थिए । सोमबार घाम लागेका कारण पहिरो हटाउन सजिलो भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । भोजपुर र उदय...
धनकुटाबाट सुनचाँदीका गहना र नगदसहित दुई जना पक्राउ

धनकुटाबाट सुनचाँदीका गहना र नगदसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउापालिका-६ भेडेटारबाट चाँदीका गहना र नगदसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-८ जाँतेका ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धिरज विश्वकर्मा पक्राउ परेका हुन् । आइतबार राति धरानतर्फ जाँदै गरेको प्र १-०२-०५४ प २१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा गहना र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्र...
धनकुटाको कुसेटारमा टाटा सुमो दुर्घटना, आठ जना घाइते 

धनकुटाको कुसेटारमा टाटा सुमो दुर्घटना, आठ जना घाइते 

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आइतबार राति अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सुमो सडकबाट अन्दाजी १० फिट तल खसेको छ । घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
धनकुटाको मूलघाट-छिम्सुवा सडक अवरुद्ध

धनकुटाको मूलघाट-छिम्सुवा सडक अवरुद्ध

धनकुटा । धनकुटा-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण आइतबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको वडा नम्बर ९ का वडाध्यक्ष टंकप्रसाद रोइलाले जानकारी दिए । आज बिहानैदेखि एक्साभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी सडक खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । सडक अवरुद्ध भएसँगै भोजपुर र उदयपुर जिल्ला जोड्ने त्रिवेणीसम्म स...
धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विषेश योगदान पुर्याएको भन्दै तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आइतबार जिल्ला महासंघ धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका-९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समू...
आज बुद्ध जयन्ती

आज बुद्ध जयन्ती

विराटनगर । आज २५६९ औं जयन्ती, पूजा-आराधना एवम् प्रवचन गरी मनाइँदैछ ।  शान्तिका अग्रदूतका रूपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्मजयन्ती हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिम...
२०८२ वैशाख २९ गते सोमबार/आजको राशिफल

२०८२ वैशाख २९ गते सोमबार/आजको राशिफल

बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पूर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर नि...
झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटम...
मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त 

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो  अध्यक्षमा प्रोफेसर डा. थापा नियुक्त भएका हुन् । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापालाई पद तथा  गोपनियताको सपथग्रहण गराए । मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ कार्यक्रममा सह-...
पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-६ नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार मिक्लाजुङ गाँउपालिका-७ का २० वर्षीय ईसारा थिगिमको मृत्यु भएको हो । प्रहरीका अनुसार माछा मार्ने क्रममा जनेरेटरबाट अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरेर...
खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

विराटनगर । खोटाङमा कोदालो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईले उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले हत्या गरेकी प्रहरीले जनाएको छ । शनिबार सामान्य वादविवादका क्रममा रेनुकाले पाँचकर्णलाई कोदालोको पासोले हानेको खुलेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले पाँचकर्णलाई तत्कालै उद्दार गरेर उपचारका लागि हेलिक...
धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा इभी गाडी र बस ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आज बिहान ११ः१७ बजेको समयमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...
झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

विराटनगर । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार ३४ वर्षीया पूजा हेमरमको मृत्यु भएको हो । पति ३५ वर्षीय कविराज हेमरमले गएराति करिब ११ः२० बजे पत्नी पूजालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए ।  खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूबीच विवाद भएको र सोही क्रममा कविराजले खुकुरी प्रहार गरेको खुलेको प्र...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय ...
ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कटहरी गाउँपालिका-५ का २० वर्षीय राहुल सरदारको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार साँझ आरएमसी इँटा उद्योगबाट इँटा लोड गरेर निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा फसेको थियो । ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेलेर निकाल्ने क्रममा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डाल...
२०८२ वैशाख २८ गते आइतबार/आजको राशिफल

२०८२ वैशाख २८ गते आइतबार/आजको राशिफल

बि.सं २०८२ वैशाख २८ गते आइतबार ई.सं २०२५ मे ११ नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १७ मिनेटमा भएको छ, सूर्यास्त साँझ ६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्...
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा उदयपुर घर भएका प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रहरीका अनुसार प्र २-०१-००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगर...
२०८२ वैशाख २७ गते शनिबार/आजको राशिफल

२०८२ वैशाख २७ गते शनिबार/आजको राशिफल

बि.सं २०८२ वैशाख २७ गते शनिबार ई.सं २०२५ मे १० नेपाल सम्वत् ११४५ बछलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २० मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु त...
विराटनगरको एभरेष्ट स्कुलमा कविता लेखन कार्यशाला 

विराटनगरको एभरेष्ट स्कुलमा कविता लेखन कार्यशाला 

विराटनगर । विराटनगर-५ मा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयमा दुई दिने कविता लेखन तथा वाचन कार्यशाला भएको छ । बिहीबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागि थिए । प्राध्यापक डा. देवी नेपालले सहजिकरण गरेको कार्यशालामा विद्यार्थीहरूलाई आफैँ कविता लेख्न र विभिन्न भाकामा वाचन गर्ने अभ्यास गराइएको छ । विभिन्न छन्द र लयमा कविता वाचन गर्ने क्षम...
बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

विराटनगर । बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका-१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा ५२ वर्षीय बस्नेत मृत फेला परेका हुन् । झापा गोल्डकपका पूर्वअध्यक्ष समेत रहेका बस्नेत समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएका थिए । उनी नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत हुन...
झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-८ मा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुखिराम टुडुको १५ महिनाकी छोरी रोसीका छन् । प्रहरीका अनुसार घर नजिकै रहेको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाएको छ ।
सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० मंगलबारेमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उमेश राईको १८ महिने छोरा उपदेशको मृत्यु भएको हो । बिहीबार दिउँसो छिमेकीको घरमा खेल्ने क्रममा बालकलाई मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क...
धनकुटाबाट १० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट १० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिका–५ खोकुका ३१ वर्षीय उद्धव राई १० किलो गाँजासहित पक्राउ परेका हुन् । आज बिहान करिब ७ः४० बजे धनकुटाको हिलेबाट इटहरी जाँदै गरेको प्र १-०२-००१ ज ४३२६ नम्बरको माइक्रो बसबाट राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइक्रोमा शङ्का लागेर चेकजाँच गर्दा गाँजा भेटिएको जिल्ला ...
मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको हो । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गर्दा वृद्धलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आस सुन प्रतितोला एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेकोमा आज एक ह...
२०८२ वैशाख २६ गते शुक्रबार/आजको राशिफल

२०८२ वैशाख २६ गते शुक्रबार/आजको राशिफल

बि.सं २०८२ वैशाख २६ गते शुक्रबार ई.सं २०२५ मे ९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ म...
मनै लोभ्याउने कन्याम (फोटो फिचर)

मनै लोभ्याउने कन्याम (फोटो फिचर)

विराटनगर । इलामको सूर्योदय नगरपालिका स्थित कन्याम पर्यटकहरूको रोजाइमा पर्ने एक गन्तव्य हो । झापाको बिर्तामोडबाट ४७.२ किलोमिटर दूरीमा पर्ने कन्याममा छिनछिनमा मौसम परिवर्तन हुने गर्छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्छ । भारतको दार्जिलिङ, सिक्किम, सिलगढी लगायतका शहर तथा नेपालका बिभिन्न जिल्लाबाट आउने पर्यटकले कन्याम भरिभराउ हुनेगरेको छ । यहाँबाट इलामकै श्रीअन्तु, समालबुङ,...
सुनसरीको देवानगन्जबाट ट्रान्सफर्मर चोरी 

सुनसरीको देवानगन्जबाट ट्रान्सफर्मर चोरी 

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ मा ट्रान्सफर्मर चोरी भएको छ । किसानहरूले सिँचाइका लागि समूहमार्फत जडान गरेको ट्रान्सफर्मर गएराति चोरी भएको हो । देवानगन्ज-२ का वडाध्यक्ष जगनारायण मेहताका अनुसार डिप बोरिङमार्फत सिँचाइ गर्न ट्रान्सफर्मर राखिएको थियो । तर चोरले ट्रान्सफर्मर नै चोरी गरेपछि किसानहरूलाई समस्या भएको उनले सुनाए । ‘मेरै जग्गामा राखिएको थियो’, उनले संगालोखबरसँग भने, ‘राति चोरी...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा छथर जोरपाटी गाउँपालिका-६ का २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बु छन् । उनीहरू शङ्कास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको शरीर खानतलासी गर्दा दर्पणको साथबाट १५० मिलिग्राम र सुदिलको साथबाट ६० म...
तीन महिनामा कोशीका कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु 

तीन महिनामा कोशीका कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा तीन महिनाको अवधिमा कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सार्वजनिक गरेको सन् २०२५ जनवरीदेखि मार्चसम्मको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा ६ जनाको मृत्यु भएको हो । इन्सेकको अभिलेखअनुसार गत पुस १६ गतेदेखि चैत १८ गतेसम्म जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेक र कारागारमा दुई जनाक...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ? 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ? 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला छ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला १० रुपैयाँले घटेको चाँदी एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महा...
error: Content is protected !!