आत्मारामा जुधे सुमो र मोटरसाइकल

आत्मारामा जुधे सुमो र मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका-६ आत्मारास्थित ढाट नजिक सुमो गाडी र मोटरसाइकल जुधेका छन् । खाँदबारीबाट धरान जाँदै गरेको को १ ज २९९८ नम्बरको सुमो गाडी र विपरित दिशाबाट आउँदै गरेको रा ६ प ८०२४ नम्बरको मोटरसाइकल आज बिहान ८ः४० बजे ठोक्किएका हुन । दुर्घटनामा परी मोटरसाइकल चालक पाल्पा माछाखाडी गाउँपालिका-४ घर भई कुमारी दल गुल्म हेटौडामा कार्यरत नेपाली सेनाका सिपाही २४ वर्षीय भीमबहादुर सिञ्जाली घाइते भएको प...
धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका...
२०८१ असोज २२ गते मंगलबार/आजको राशिफल

२०८१ असोज २२ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ असोज २२ गते मंगलबार ई.सं.२०२४ अक्टोबर ०८ नेपाल सम्वत् ११४४ कौलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, आयुष्मान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०० बजे, सूर्यास्त साँझ ०५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड ...
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न कोषको निर्माण गर्न आवश्यक रहेको माओवादीले जनाएको छ ...
काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा केही समय अगाडि बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको काफ्लेले जानकारी दिए । उनले संगा...
विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगर । विराटनगर महानगरपालिका भित्र अधिकांश माछामासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेका पाइएको छ । महानगरपालिकाले चाडपर्व लक्षित आज गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाइ, ढकतराजु लगायतको अवस्था नियालेको थियो । सो क्रममा अधिकांश पसलले सरसफाइ कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक तराजुमा कैफियत र पसलभित्रको सरसफाइमा कमजोरी भेटिएको अन...
सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

खोटाङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहजिल्ला खोटाङका विभिन्न स्थानमा पुगेर मन्त्री राईले बाढी पहिरोले क्षति पुर्याएका ठाउँहरूको निरीक्षण गरी समस्याका विषयमा प्रभावित नागरिकहरूसँग जानकारी लिएका हुन् । उदयपुर र खोटाङ जिल्ला जोड्ने पक्की पुल बगाएको क्षेत्रमा पनि मन्त्री राईले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन...
खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

सङ्खुवासभा । सङ्खुवासभा स्थित खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । साब्लाबुङ पुस्तकालय अभियानले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको हो । एक लाख ५० हजार मूल्य बराबरको नौ सय थान पुस्तक कारागारमा हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए । कैदीबन्दीमा पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको उनले बताए । ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउ...
धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटा । धनकुटामा सय शैयाको अस्पताल निर्माणको कामले गति लिएको छ । अस्पतालको समयमा नै काम सक्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको हो । प्रदेश सरकारको सहयोगमा आधुनिक र सुविधा सम्पन्न अन्डर ग्राउन्ड पार्किङ र लिफ्टसहितको पाँच तले भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ । २०८० असार २४ गते ठेक्का सम्झौता भएको अस्पतालको २०८३ असार २४ गते नि...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा तीन सय घटेर एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भ...
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् । सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर रा...
२०८१ असोज २१ गते सोमबार/आजको राशिफल

२०८१ असोज २१ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ असोज २१ गते सोमबार ई.सं.२०२४ अक्टोबर ०७ नेपाल सम्वत् ११४४ कौलाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरि...
कोशीमा म्याद गुज्रिएका योजनाको चाङ, ३१ वटालाई सङ्कटग्रस्त घोषणा 

कोशीमा म्याद गुज्रिएका योजनाको चाङ, ३१ वटालाई सङ्कटग्रस्त घोषणा 

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले २०७४ सालदेखि अहिलेसम्म भएका गतिविधि सार्वजनिक गरेको छ । मन्त्री भुपेन्द्र राईले आज पत्रकार सम्मेलन गर्दै मन्त्रालय अन्तरगत भएका र हुन बाँकी कार्यको प्रगति विवरण प्रस्तुत गरेका हुन् । मन्त्री राईले भने, ‘अहिलेसम्म भएका गतिविधि बताएपछि मात्र आफू अगाडि बढ्नुपर्ला भन्ने महसुस गरेर मन्त्रालयबाट भएका काम सार्वजनिक गरेको हुँ ।’ मन्त्री राईका अनु...
बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

विराटनगर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले कोशी प्रदेशमा चार अर्ब ६१ करोड ५० लाख बराबरको क्षति पुर्‍याएको  छ । आज भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै सडक तथा पुलमा बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुर्‍याएको बताए । मन्त्री राईका अनुसार पाँचथरमा तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । दुई वटा सडक, सडक पुल चार वटा र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको ...
२०८१ असोज २० गते आइतबार/आजको राशिफल

२०८१ असोज २० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ असोज २० गते आइतबार ई.सं.२०२४ अक्टोबर ०६ नेपाल सम्वत् ११४४ कौलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, विषकुम्भ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको ...
विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण केही दिन अघि आएको बाढी, पहिरोबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई सहज वातावरण बनाउन नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार...
एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउँछ : शेरधन राई

एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउँछ : शेरधन राई

विराटनगर । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् । एमाले विराटनगर महानगर सङ्गठन कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमा उनले यस्तो बताएका हुन् । उनले एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउने धारण व्यक्त गरे । नेता कार्यकर्ताले आफ्नो सकारात्मक उर्जा पार्टीलाई सफल बनाउन खर्च गर्नुपर्ने राईले बताए । एमाले कोशी प्रदेश...
धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-४ स्थित हिले–खोकु सडक खण्डमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काका अनुसार स्थानीय टाइजन विश्वकर्माको मृत्यु भएको हो । गएराति खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले विश्वकर्मालाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए । पिकअप चालकल...
पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथर । पाँचथरमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको हो । कुम्मायक गाउँपालिका-३ स्याब्रुम्बामा एक जनाको शव भेटिएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । उक्त शवको कम्मरमुनिको माग नभएकाले पहिचान खुल्न बाँकी रहेको साहले बताए । उनले संगालोखबरसँग भने, ‘शवको कम्मरमुनिको भाग छैन । ट...
धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हायस दुर्घटना भएको छ । काठमाडौंबाट यात्रु लिएर सङ्खुवासभाको खाँदबारी तर्फ जाँदै गरेको हायस आज दिउँसो दुर्घटनामा परेको हो । हायसमा १८ जना यात्रु थिए । जसमध्ये तीन जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भएको र अवस्था सामान्य रहेको खड्काले संगालोखबरल...
धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटा । धनकुटामा दशैंको चहलपहल सुरु भएको छ । घटस्थापनादेखि नै गाउँघरबाट किनमेल गर्न आउने ग्राहकको भीड बढ्दै गएपछि व्यापारी उत्साहित भएका छन् । यस्तै गाउँघरबाट खसीबोका बेच्न आउने व्यापारीहरू पनि बढिरहेका छन् । गत वर्षको तुलनामा यसपटक धनकुटामा दशैंको चहलपहल बढेको स्थानीय विक्रम पौडेलले बताए । केहिदिन अघिको अविरल वर्षाले केही असहज परिस्थिति निम्त्याए पनि विस्तारै जनजीवन सामान्य बन्दै गएको उनको ...
नोबेलमा स्तन क्यान्सरको उपचारमा ७५ प्रतिशतसम्म छुट

नोबेलमा स्तन क्यान्सरको उपचारमा ७५ प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्तन क्यान्सरको उपचारमा एक महिनाभर ७५ प्रतिशतसम्म छुट दिने भएको छ । स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएकाले अक्टोबर अर्थात असोज १५ देखि कात्तिक १५ गतेसम्म नोबेलले छुट दिने भएको हो । विश्वभर स्तन क्यान्सरको तथ्याङ्क भयावह छ । क्यान्सरका कारण मृत्यु हुनेमा स्तन क्यान्सर प...
२०८१ असोज १९ गते शनिबार/आजको राशिफल

२०८१ असोज १९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असोज १९ गते शनिबार ई.सं.२०२४ अक्टोबर ०५ नेपाल सम्वत् ११४४ कौलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल तृतीया, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विषकुम्भ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ०५ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै...
सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…

सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…

धनकुटा । सङ्खुवासभाको मादी नगरपालिका-२ स्थित मायादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई काठ बोक्न लगाएपछि सबत्र आलोचना भएको छ । पठन-पाठन प्रभावित पारेर विद्यार्थीहरूलाई काठ बोक्न लगाएको भन्दै आलोचना भएको हो । केहिदिन अगाडि विद्यालयले चार कक्षामाथिका विद्यार्थीलाई काठ बोक्न खटाएको थियो । विद्यार्थीहरूले विद्यालयका शिक्षकहरूको आग्रहमा पढाइनै छाडेर काठ बोक्न गएको बताए । पढाइ नै प्रभावित पारेर व...
ताप्लेजुङमा बुबाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङमा बुबाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङबाट बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका-१ ओख्रेका ३२ वर्षीय सुमन ओख्राबु लिम्बूलाई बुबाको हत्या आरोपमा पक्राउ गरेको हो ।  हिजो बिहान घरायसी विवाद हुँदा सुमनले बाम्फोक प्रहार गरी ५५ वर्षीय बुबा श्यामको हत्या गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारबाट श्यामको घटनास्थलमै मृत्यु भएको थियो ।  जानकारी पाउनासाथ तत्काल घटन...
काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

विराटनगर । काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको छ । आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित बीपी राजमार्गमा हायस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीका अनुसार बा ५ ख ६६१८ नम्बरको हायस अनियन्त्रित भएर नालीमा पल्टिएको हो । घाइतेहरूको सिन्धुली अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।...
विराटनगरको आईसीपी क्षेत्रमा प्रदर्शन हुँदा दश राउन्ड अश्रुग्यास प्रहार, चार जना प्रहरी घाइते 

विराटनगरको आईसीपी क्षेत्रमा प्रदर्शन हुँदा दश राउन्ड अश्रुग्यास प्रहार, चार जना प्रहरी घाइते 

विराटनगर । विराटनगर-१८ आईसीपी क्षेत्रमा तनाव सिर्जना भएको छ । हिजो साँझ ट्रकको ठक्करबाट ६० वर्षीय श्याम साहको मृत्यु भएपछि आज स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले सडकमा बत्ति नभएका कारण दुर्घटना भएको र सो क्षेत्रमा तत्कालै बत्ती जडान गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । स्थानीयले आईसीपी क्षेत्रमा प्रवेश गरेर तोडफोड प्रयास गरेपछि तनाव सिर्जना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रक...
‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ स्कुलको नेपाली विभागले नाटककार विजय मल्लको मनोवैज्ञानिक नाटक ‘कोही किन बर्बाद होस्’ को मञ्चन गरेको छ । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेको नाटक सफलतापूर्वक मञ्चन भएको छ । वि.सं. २०१५ मा प्रकाशित उक्त नाटकमा सम्बन्धविच्छेदले सिर्जिएको समस्या, अभिभावकको व्यस्त जीवनशैली, होस्टेल राखे छोराछोरी सुध्रन्छन् भन्ने सोचाइ, शिक्षकको भूमिकालगायतका विषयवस्तुल...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज तोलामा चार सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो । नेपाले सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि गत असोज ११ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन तोलामा एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख...
मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा रहेको कृष्ण क्रसर उद्योग नजिकैको खाल्डोमा डुबेको अवस्थामा दाजुभाइको शव भेटिएको छ । स्थानीय तोयानाथ चौलागाईँका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको शव खाल्डोमा भेटिएको हो । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । क्रसरको लापरबाहीका कारण घटना घटेको...
विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । विराटनगरमा ट्रकले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर-१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । हिजो साँझ विराटनगर-१८ आईसीपी छेउ भित्री सडकखण्डमा एउटै दिशातर्फ गइरहेको अवस्थामा ना ४ ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको मोरङका ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराट नर्सिङहोम ल्याइएकोमा चिकित...
error: Content is protected !!