विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता हुँदै, कति छ पुरस्कार ?
विराटनगर । विराटनगरमा शनिबार ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजनले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
रोटरी क्लब अफ विराटनगर फ्युजनकी अध्यक्ष सोनिया गुप्ता चौधरीले पुरुषतर्फ गियर र गियर बिना तथा महिलातर्फ खुला साइक्लोथनको प्रतियोगिता हुने जानकारी दिइन् ।
प्रतियोगितामा सहभागि हुनेले विराटनगर महानगरपालिकाभित्र १५ किलोमिटर यात्रा पूरा ...






























