झापाबाट नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

झापाबाट नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

विराटनगर । झापाबाट नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका-५ घर भइ झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर बस्ने २८ वर्षीय गणेश भारती छन् । आज उनको कोठामा प्रहरीले छापा मार्दा पाँच लाख बढी विभिन्न दरका नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन बरामद गरेको हो । हजार दरका चार लाख ७० हजार, पाँच सय दरका एक लाख ४१ हजार, एक सय...
धनकुटामा सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह (फोटो फिचर)

धनकुटामा सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ हिले स्थित श्री नम्बर २ बाहिनी अड्डा हिले ब्यारेकमा सी.सं १२ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । आज बाहिनी अड्डामा एक कार्यक्रम आयोजना गरेर आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न गरिएको हो । महेन्द्र सैनिक शिविर हिले ब्यारेक धनकुटा नम्बर २ बाहिनी अड्डामा २०८१ भाद्रबाट सी.सं. १२ सैन्य आधारभूत तालिम सुरु भएको थियो । तालिमको समापनमा सैन्य परेड, ताल...
केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-६ तामाङ टोलबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ छन् । बिहीबार राति १०ः३० बजेतिर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा लुकाएर राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको हो । बन्दुक बरामद भएसँगै उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...
विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो । विराटनगर-८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा बिहीबार दिउँसो ३ बजेतिर सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ...
धनकुटामा फौजी कीराको प्रकोप 

धनकुटामा फौजी कीराको प्रकोप 

धनकुटा । धनकुटामा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मकैबाली लगायत हरियो सागसब्जीमा फौजी कीराको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका छन् । अमेरिकी फौजी कीरा ६ वर्षअघि अमेरिका, अफ्रिका, भारत हुँदै नेपाल आइपुगेको हो । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । फौजी किराले धनकुटामा वर्षेनी मकैबाली लगायत हरियोबालीमा असर गर्दै आएको छ । किराको आक्रमणबा...
सप्तकोसीमा बेपत्ता एक गोताखोरको शव भेटियो

सप्तकोसीमा बेपत्ता एक गोताखोरको शव भेटियो

विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सप्तकोसी नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुई गोताखोर मध्ये एक जनाको शव फेला परेको छ । आज बिहान खोजी गर्ने क्रममा हरदेव राजवंशीको शव फेला परेको हो । बेपत्ता सुरज साउदको खोजी भइरहेको प्रहरीले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा बिहीबार मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका थिए । सशस्त्र प्रह...
धनकुटाका होटलमा अखाद्य बस्तु भेटियो

धनकुटाका होटलमा अखाद्य बस्तु भेटियो

धनकुटा । धनकुटामा सञ्चालित एक दर्जन बढी होटलहरूको अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, साँगुरीगढी गाउँपालिका र प्रहरी चौकी मुलघाटको संयुक्त टोलीले होटलहरूको अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको छ । कोशी राजमार्ग अन्तरगत भेडेटार-धनकुटा सडक खण्ड अन्तरगत धनकुटा नगर...
विपद्जन्य अभ्यासका क्रममा सप्तकोसीमा बेपत्ता भए दुई गोताखोर

विपद्जन्य अभ्यासका क्रममा सप्तकोसीमा बेपत्ता भए दुई गोताखोर

विराटनगर । सप्तकोसी नदीमा दुई गोताखोर बेपत्ता भएका छन् । विपद्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा आज दिउँसो सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि उद्धार अभ्यास गराएको थियो । प्रहरीका अनुसार २४ मनसुनको समयमा हुन सक्ने विपद्ज...
काँकडभिट्टा नाकाबाट १६ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टा नाकाबाट १६ अर्बको पेट्रोलियम पदार्थ आयात

विराटनगर । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १६ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेलसहित १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि ...
संखुवासभामा खोलाले बगाउँदा बालिकाको मृत्यु

संखुवासभामा खोलाले बगाउँदा बालिकाको मृत्यु

विराटनगर । संखुवासभाको मादी नगरपालिका-९ फविङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका ९ का लोकमान लिम्बुकी १३ वर्षीया छोरी समिक्षाको मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । यस्तै चैनपुर नगरपालिका २ बा काली बहादुर राईकी १३ वर्षीया छोरी दिक्षा घाइते भएकी छन् । घाइते दिक्षाको विराट मेडिकल कलेज एण्ड...
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । झापामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा दमक ४ का ३६ वर्षीय मिलन थापा छन् । दमक नगरपालिका ७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बस र प्रदेश १-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । बसको ठक्करबाट घाइते भएका थापालाई उपचारका लागि आर्या न्युरो अस्पताल विराटनगर ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...
संखुवासभाको भोटखोलामा बाढीले बगायो पाँच वटा काठेपुल

संखुवासभाको भोटखोलामा बाढीले बगायो पाँच वटा काठेपुल

विराटनगर । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाको विभिन्न स्थानका पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १ र २ तथा १ र ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको हो । यस्तै भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल तथा भोटखोला १ र ३ जोड्ने छोकाङ खोला र भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण 

कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण 

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा सामग्री हस्तान्तरण गरिएको हो । ‘हार्ड बल र सफ्ट बल क्रिकेट’ दुवैलाई मध्यनजर गर्दै विविध सामग्रीहरू प्रदान गरिएको छ । जसमा क्रिकेट ब्याट, हेलमेट, प्याड, ग्लोभ्स,...
धनकुटामा वृक्षारोपण तथा सरसफाइ गरेर मनाइयो विश्व वातावरण दिवस

धनकुटामा वृक्षारोपण तथा सरसफाइ गरेर मनाइयो विश्व वातावरण दिवस

धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटाको पाख्रीबास नगरपालिका-४ स्थित सिमसार क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ । आज वन डिभिजन कार्यालय धनकुटा र पाख्रीबास नगरपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाइ गरिएको हो । सिमसार क्षेत्रमा विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपिएको छ । सरसफाइसँगै गुराँस, दाँते ओखर, विरेन्द्र फूल, चाँप र गुलमोहर लगायतका बिरुवा रोपिएको हो ।  ...
भेडेटारमा हायस गाडीभित्र भेटियो ४० किलो सुर्ती, चालक पक्राउ

भेडेटारमा हायस गाडीभित्र भेटियो ४० किलो सुर्ती, चालक पक्राउ

धनकुटा । धनकुटाबाट २४ हजार मूल्य बराबरको ४० किलो सुर्ती बरामद भएको छ । आज बिहान साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा चेकजाँचका क्रममा बा ४ ख ८०१ नम्बरको हायस गाडीबाट सुर्ती बरामद भएको हो । धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठले बिल नभएपछि सुर्ती बरामद गरिएको जानकारी दिए । उनका अनुसार गाडी चालक मोरङको लेटाङ नगरपालिका-९ घर भई इटहरी उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीय मं...
मोरङमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण

मोरङमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बिहानै देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । सेवाग्राहीको भिड बढेपछि बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि उनीहरूको सहजताका लागि बिहान ७ बजेदेखि नै कार्यालय खुला गर्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एनका अनुसार अहिले बिहान ७ बजेबाट बेलुका ...
मोरङबाट ‘ह्‍युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ

मोरङबाट ‘ह्‍युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ कलाबन्जार चोकबाट ‘ह्युम पाइप’ भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको छ । शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले तीन सय ४७ किलो गाँजा बरामद गर्न सफल भएको हो ।  पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका-५ का ३० वर्षीय राजेशकुमार कामत छन् । इलाका प्रहरी कार्यालय हरैँचाबा...
विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । विराटनगरमा देशैभरका स्थानीय तहका उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा जेठ २३ र २४ गते हुने सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्‌घाटन गर्ने तय भएको छ । सम्मेलनमा ६ वटा महानगरका उप-प्रमुख, ११ उपमहानगरका उप-प्रमुख, कोशी प्रदेशका एक सय ३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल दुई सय ९१ ...
ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भीरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । फक्तालुङ गाउँपाल...
अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण

अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण

धनकुटा । धनकुटा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाद्वारा नगरपालिकामा आज आयोजित कार्यक्रममा सामग्री वितरण गरिएको हो ।  नगरपालिका भित्रका १० वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताका आधारमा पाङ्ग्रासहितको कमोड कुर्सी १४ थान, लौरो १६ थान र पाँच जोडी बैशाखी वितरण गरिएको छ ।  नगरपालिकाका उप-मेयर भिमादेवी...
धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन

धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन

धनकुटा । धनकुटा नगरपालिका-७ मा मोतिबिन्दु पहिचानका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ ।  डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटासँगको प्राविधिक सहयोगमा वडा कार्यालयले १९ गते आयोजना गरेको शिविरमा ११ जनाको मोतिबिन्दु पहिचान भएको छ । शिविरमा नगरपालिका स्वास्थ्य सेवा उपशाखाका प्राविधिक कर्मचारीहरूले पनि सहयोग गरेका थिए । ‘वडाका ज्येष्ठ नागरिकलाई लक्षित गरेर हामीले शिविरको आयोजना गरेका हौं’, वडाध...
धनकुटा नगरपालिकाद्वारा वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ

धनकुटा नगरपालिकाद्वारा वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ

धनकुटा । धनकुटा नगरपालिकाले वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी वृत्ति परामर्श सेवाको शुभारम्भ गरिएको हो । एसइईपछि विद्यार्थीहरूले के पढ्ने, सामान्य तथा प्राविधिक शिक्षाको महत्व लगायत वैदेशिक रोजगारी तथा रोजगारीबाट फर्किएका युवाहरूलाई परामर्श दिने उद्देश्यले वृत्ति परामर्श सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अनुभवी परामर...
ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमस्थित सिस्ने खोलानजिकै खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फुङलिङ नगरपालिका-६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा पक्तालुङ-३ का २८ वर्षीय तेजेन्द्र लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बु फक्ताङलुङ–३ तावास्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । त्यहाँ...
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भोजपुर नगरपालिका-९ का ४२ वर्षीय आङतेम्बा शेर्पाको मृत्यु भएको हो । मंगलबार दिउँसो पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाउने क्रममा बाँसले अचानक विद्युतीय लाइनमा छुँदा करेन्ट लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ भने घटनाका सम्बन्धमा आवश्यक...
मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ग्रिल पसल सञ्चालकले जिस्कने क्रममा बालकको लिङ्ग काटिदिएका छन् । पथरी-६ मा ग्रिल पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय महीनारायण चौधरीले सोही स्थानका ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् । प्रहरीका अनुसार बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको छ ।  घटनापछि चौधरीले नै बालकलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा ल्याएका थिए । उनको नोबेलमा उपचार भइरह...
सुनसरीमा खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

सुनसरीमा खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

विराटनगर । सुनसरीबाट खोलाको बगरमा पुरेर राखिएको अवस्थामा गाँजा बरामद भएको छ । मंगलबार साँझ हरिनगर गाउँपालिका-५ र ६ को सिमाना स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर राखेको अवस्थामा गाँजा बरामद भएको हो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक हजार एक सय २० किलो गाँजा बरामद गरेको छ । नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरीका २० जनासहित ४० ...
कोशीमा मनसुनी वायुको प्रभाव, धेरै स्थानमा वर्षा

कोशीमा मनसुनी वायुको प्रभाव, धेरै स्थानमा वर्षा

विराटनगर । कोशी प्रदेशका धेरै स्थानमा मनसुनी वायुको प्रभाव रहेकोले विराटनगरसहित अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र ...
नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली विकासको पथमा लम्किएको छ । सडक पूर्वाधारसँगै कृषि र स्वास्थ्य लगायतका क्षेत्रमा उपलब्धिमूलक काम भएको रंगेली नगरपालिकाको दावी छ । ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अगाडि बढेको रंगेली नगरपालिकाले विभिन्न योजनाहरूलाई पूर्णता दिइसकेको छ भने केही पूर्ण हुने तरखरमा छन् । रंगेली नगरपालिकाले सडकमा ...
मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।   अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन अदालतबाट जेठ १५ गते म्याद थप गरिएको थियो ।  उनला...
पुलका सामग्री चोरेको आरोपमा वडाध्यक्ष पक्राउ

पुलका सामग्री चोरेको आरोपमा वडाध्यक्ष पक्राउ

काभ्रे । पुलका सामग्री चारी गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिका ७ का वडाध्यक्ष अशोक गौतम पक्राउ परेका छन् । गत असोज १२ गते आएको बाढीले भत्काएको फलामको पुलका सामग्री चोरेर कवाडीमा बेचेको आरोपमा वडाध्यक्ष गौतमलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बाढीले नमोबुद्ध नगरपालिका वडा नं. ६ र रोशी गाउँपालिका वडा नं. ७ जोड्ने फलामको पुल बगाएको थियो । सोही पुलमा बाँकी रहेका फलामका सामग्री अनधिकृत रूपमा कव...
झापामा करेन्ट लागेर हात्तीको मृत्यु

झापामा करेन्ट लागेर हात्तीको मृत्यु

झापा । झापामा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युत लाइनबाट हात्तीलाई करेन्ट लागेको हो । डिभिजन बन कार्यालयका अनुसार हात्तीले विद्युतको पोलमा धक्का दिँदा तार चुँडिएर करेन्ट लागेको हो । करेन्ट लाग्दा हात्तीको घटनास्थलमै मृत्यु भएको छ । करेन्टले हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा फेला परेको बन कार्यालयले जनाएको छ ।
error: Content is protected !!