संगालोखबर


विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटिने मोरङमा केन्द्राध्यक्षहरूले दैनिक पारिश्रमिक भत्ता वृद्धिको माग गरेका छन् । सोमबार ६१ केन्द्राध्यक्षहरूले भत्ता वृद्धिको माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल मार्फत राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले दैनिक पारिश्रमिक भत्ता अत्यन्तै न्यून रहेको बताएका छन् । प्रतिदिन  केन्द्राध्यक्षको ८ सय, सहायक केन्द्राध्यक्षको ५ सय, निरीक्षकको ३ सय ५०, परीक्षक सहायकको ३ सय, कार्यालय सहयोगीको २ सय भत्ता निर्धारण गरिएको छ ।

Advertisement

त्यसमा पनि १५ प्रतिशत कर काटेर भत्ता उपलब्ध हुने भन्दै उनीहरूले एक दिनको तलब बराबर भत्ता उपलब्ध हुनुपर्ने माग गरेका छन् । यस्तै शौचालय तथा सरसफाइमा ४ सय मात्र रहेको पति उनीहरूले गुनासो गरे ।

वर्तमानको पारिश्रमिक तथा भत्ता अनुसार परीक्षामा खटिने जनशक्तिको अभाव हुने उनीहरूको गुनासो थियो । ज्ञापन पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख दाहालले माग न्यायोचित भएकाले सम्बन्धित ठाउँमा ज्ञापनपत्र पेश गर्ने जानकारी दिए ।

नेपाल शिक्षक महासङ्घका मोरङ अध्यक्ष कुमार पोख्रेल, सचिव प्रेम प्रकाश कोइराला ,प्रधानाध्यापक सङ्घ कोशी प्रदेशका अध्यक्ष विश्वर सिंह  राई लगायतले  समसामयिक मूल्यवृद्धि अनुसार  दैनिक पारिश्रमिक भत्ता वृद्धि गर्नुपर्नेमा जोड दिए ।

विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा ६१ जना केन्द्राध्यक्षहरूलाई  अभिमुखीकरण दिइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख प्रकाश खरेल लगायतले परीक्षा मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!