संगालोखबर
सांकेतिक तस्वीर

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा जिप दुर्घटना हुँदा २ जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।

दुर्घटनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ गइरहेका थिए । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!