संगालोखबर


विराटनगर । बैशाख २ देखि असार ७ गते सम्म देशभर हुने राष्ट्रिय आर्थिक गणनाको तयारी मोरङमा तीव्र पारिएको छ । १७ स्थानीय तह रहेको मोरङमा आर्थिक गणना कार्यालय (क) र (ख) स्थापना गरि तयारी तीव्र पारिएको हो ।

आर्थिक गणनाका लागि फिल्डमा सुपरीवेक्षक र गणक गरि १७८ जना परिचालन हुने भएका छन् । गणकहरूको छनौट कार्य अन्तिम चरणमा रहेको जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले जानकारी दिए ।

Advertisement

गणकहरूले सञ्चालनमा रहेका दर्ता भएका वा नभएका, साना वा ठुला, घरपरिवारबाट सञ्चालित र सडक तथा हाटबजारमा सञ्चालित ब्यापार व्यवसायहरूको गणना गर्ने छन् ।

विराटनगरमा सरोकारवालाहरूसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारीले देशको आर्थिक संरचना बुझ्नका लागि दोश्रो पटक आर्थिक गणना हुन लागेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले तथ्याङ्क सही र प्रष्ट रूपमा संकलन गर्न आग्रह गरे । सही तथ्याङ्क आएमात्रै देशको आर्थिक अवस्थाका बारेमा थाहा हुने उनको भनाइ थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले तथ्यसहितको तथ्याङ्क संकलन गर्न आग्रह गरे । नेपालमा २०७५ मा पहिलो पटक आर्थिक गणना गरिएको थियो । पहिलो आर्थिक गणना अनुसार मोरङमा ३५ हजार २४७ औद्योगिक प्रतिष्ठान रहेको र १ लाख २७ हजार ८८७ जनशक्ति कार्यरत रहेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!