संगालोखबर


विराटनगर । विराटनगर-१६ हुलास चोकबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा हल्दी र मरिच बरामद गरेको छ । भारतबाट भारतबाट भन्सार छली अवैध रूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरेको अवस्थामा ९६० किलो हल्दी र २९७ किलो मरीच बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

Advertisement

अवैध सामान ओसारपसारमा प्रयोग गरिएको विराटनगर १ ह ११२२ नम्बरको सिटी सफारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको मरिचको अन्दाजी २ लाख ९७ हजार ९ सय र हल्दी ९६ हजार मूल्य पर्ने प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सामानसहित सिटी सफारीलाई आवश्यक कानुनी कारबाहीका लागि रानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!