
विराटनगर । थुनुवालाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दम्पती पक्राउ परेका छन् । अदालतमा विचाराधीन मुद्दाका थुनुवाहरूलाई धरौटीमा छुटाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका प्रहरीले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको आपराधिक क्रियाकलापमा संलग्न भएका आधारमा पक्राउ परी काठमाडौं कारागार कार्यालय (सुन्धारा) मा पुर्पक्षका लागि थुनामा रहेका ३ जना व्यक्तिहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 



















