संगालोखबर


विराटनगर । विराटनगरमा शनिबार ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजनले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

रोटरी क्लब अफ विराटनगर फ्युजनकी अध्यक्ष सोनिया गुप्ता चौधरीले पुरुषतर्फ गियर र गियर बिना तथा महिलातर्फ खुला साइक्लोथनको प्रतियोगिता हुने जानकारी दिइन् ।

Advertisement

प्रतियोगितामा सहभागि हुनेले विराटनगर महानगरपालिकाभित्र १५ किलोमिटर यात्रा पूरा गर्नुपर्ने आयोजकको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीयले नगद १० हजार र तृतीयले नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार प्रतियोगिताबाट भएको नाफाबाट कटहरी गाउँपालिका-४ मा रहेको मुसहर बस्तीमा शौचालय निर्माण गरिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!