मोरङका सांसद पोखरेललाई पितृशोक

मोरङका सांसद पोखरेललाई पितृशोक

विराटनगर । मोरङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलका पिता रामचन्द्रको ८८ वर्षको उमेरमा आज साँझ करिब ६ः१५ बजे निधन भएको हो । अचानक बिरामी परेका उनको विराटनगर-८ मधुमारास्थित निवासमै निधन भएको परिवार स्रोतले जनाएको छ । ऋषिकेश आज बिहान काठमाडौँ गएका थिए । उनी परिवारका जेठो छोरा हुन् । परिवारमा रामचन्...
गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरसहित कोशी प्रदेशको तराई क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएको छ । गर्मीका कारण विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरू बन्द गरिएको हो । कतिपय स्थानमा दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ । केही दिनयता तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछी जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएपछि विर...
उदयपुरबाट हराएको बस गोलबजारमा भेटियो

उदयपुरबाट हराएको बस गोलबजारमा भेटियो

विराटनगर । उदयपुरबाट हराएको बस सिरहाको गोलबजार-६ स्थित गुम्बा चोकमा भेटिएको छ । सोमबार बिहानको राति करिब २ बजेतिर कटारी नगरपालिका-३ स्थित कटारी बसपार्कबाट पार्किङमा राखिएको बस हराएको थियो । प्रहरीका अनुसार पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२-००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको भनेर चालकले जानकारी गराएका थिए । खोजी गर्ने क्रममा गोलबजारमा फेला परेको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल...
‘ट्राफिकलाई तथानाम गाली गर्ने पालिका अध्यक्ष भन्छन् : बोल्न नहुने शब्द बोले’ 

‘ट्राफिकलाई तथानाम गाली गर्ने पालिका अध्यक्ष भन्छन् : बोल्न नहुने शब्द बोले’ 

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले पदीय जिम्मेवारीमा रहेर आफूले बोल्न नहुने शब्द बोलेको स्वीकार गरेका छन् । चौतर्फी आलोचना भएपछि  उनले एक विज्ञप्ति जारी गर्दै आत्माआलोचना गरेका हुन् । उनले भनेका छन्, ‘सो घटनाका क्रममा पदीय जिम्मेवारीमा रहेको म बाट बोल्न नहुने शब्द बोलिएको प्रति म स्वयं आत्मआलोचना गर्दछु ।’ घटना शुक्रबार दिउँसोको हो । कोशी गाउँपालिका-४ कोशी कटानमा ट्राफ...
कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । झापाको भद्रपुर नगर...
धरानमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

धरानमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सेउती पुलनजिकै अटोले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । महादेव चोकबाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३७५ नम्बरको अटोले ठक्कर दिँदा ६० वर्षीय उषा तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार साँझ पैदल हिँडिरहेकी उनलाई अटोले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा ...
धनकुटामा ब्याज अनुदान कार्यक्रम भएन प्रभावकारी 

धनकुटामा ब्याज अनुदान कार्यक्रम भएन प्रभावकारी 

धनकुटा । धनकुटामा ब्याज अनुदान कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । कोशी प्रदेश सरकारले कृषकका लागि राहत दिने उद्देश्यले ल्याएको कार्यक्रम आर्थिक वर्षको अन्त्य हुन लाग्दा समेत कृषकले पाउन सकेका छैनन् । प्रदेश सरकारले लामो समयदेखि पशुपालन, तरकारी खेती र नगदेबालीमा संलग्न कृषकहरूलाई लक्षित गरेर कृषि कर्जामा ब्याज अनुदान दिने नीति ल्याएको थियो । व्यवसायिक कृषकका लागि बैंकबाट लिएको कर्जामा ६ प्रत...
राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई एक लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई एक लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई एक लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडी र टिम स्पर्धामा प्रथम हुने टिमलाई एक लाख नगदसहित प्रशिक्षक तथा व्यवस्थापकलाई उचित सम्मान गर्ने घोषणा गरेक...
धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-७ मा लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे आफ्नै घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर ६१ वर्षीया व्रतकुमारी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार एकतले घरको छतमा जानेक्रममा भर्‍याङबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा राति ९ः१६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालम...
अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको १२ औं जिल्ला अधिवेशन आज हुने भएको छ । धनकुटा नगरपालिका-७ स्थित श्रीवनीमा रहेको नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा अधिवेशन हुने छ । कार्यक्रमको उद्‌घाटन अनेम संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले गर्ने अनेम संघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङले जानकारी दिइन् । अनेम संघ २००८ साल फाल्गुन २४ गते अन्तराष्ट्रिय श्रमिक दिवस (मे ८) का दिन स्थापना भए थियो । सामन...
विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरको मुनालपथ स्थित मुनलाइट फोटो स्टुडियोका सञ्चालक नवीन खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । आइतबार राति करिब ८ः४० बजे कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा खनाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका खनाललाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा आज अपराह्‍न ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ...
सुनसरीमा गाउँपालिका अध्यक्षको धम्कीपछि किन हटाइयो ट्राफिक प्रहरी युनिट ?

सुनसरीमा गाउँपालिका अध्यक्षको धम्कीपछि किन हटाइयो ट्राफिक प्रहरी युनिट ?

विराटनगर । अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल छ । सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भिडियो भाइरल भएको हो । शुक्रबार दिउँसो भएको उक्त घटनामा अध्यक्ष अन्सारीले ट्राफिक प्रहरीमाथि अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् । उनले बोलेका शब्द र व्यवहारप्रति अहिले चौतर्फी आलोचना भइरहेको छ । शुक्रबार दिउँसो ...
झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद

झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा आइतबार झापाको मेची क्राउन होटलमा दुई देशका युवा उद्यमीहरूको सम्मेलन गरिएको हो । कार्यक्रममा नेपाल र भारतका करिब एक सय उद्यमीहरू सहभागि भएका थिए । उनीहरूले आफ्नो व्यवसायबारे बी–टु–बी पिच प्रस्तुत गर्दै उत्पादन र सेवाको परिचय दिए । त्यसपछि व्यक्तिगत रूपमा कोर बी–टु–बी से...
कोशी सरकारद्वारा विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय

कोशी सरकारद्वारा विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश विपद् परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बीमा गर्ने निर्णय गरेको हो । ‌ यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्...
मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो  काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ...
खोटाङको बुइपामा बनाइयो एक सय १० फिट अग्लो यलम्बरको प्रतिमा

खोटाङको बुइपामा बनाइयो एक सय १० फिट अग्लो यलम्बरको प्रतिमा

विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपा स्थित पञ्चदोबाटोमा किरातकालीन राजा यलम्बरको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा यलम्बरको प्रतिमासहितको यलम्बर पार्क निर्माण गरिएको हो । ३० रोपनी सरकारी जग्गामा निर्माण गरिएको यलम्बरको प्रतिमा एक सय १० फिट अग्लो छ । प्रतिमासहितको पार्क निर्माणमा करिब १४ करोड रुपैयाँ ला...
धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई धकेलेर भागेका लिम्बु पक्राउ

धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई धकेलेर भागेका लिम्बु पक्राउ

धनकुटा । धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ बूढीमोरङका २५ वर्षीय सागर लिम्बु छन् । गत जेठ १० गते साँगुरीगढी गाउँपालिका-२ सेलेङस्थित मोरङको सिमानामा गाँजा नियन्त्रणमा लिने क्रममा प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक लिम्बु प्रहरी जवान संजयकुमार थारूलाई धकेलेर जङ्गलतर्फ भा...
छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

विराटनगर । विराटनगरबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१६ का ५५ वर्षीय एसराज लामा छन् । झापाको अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६ बस्ने २१ वर्षीया ईशा योगी शेर्पालाई शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार एसराजका छोरा रेम्बो भनिने रुद्रराजसँग ईशाको प्रेम सम्बन्ध थियो । पसलमा काम...
विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ

विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ

विराटनगर । साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-७ का ३५ वर्षीय खगेन्द्र बस्नेत छन् । इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक...
पाख्रीबासका ताराकुमारको उपचारमा सहयोग गरिदिन परिवारको अपिल

पाख्रीबासका ताराकुमारको उपचारमा सहयोग गरिदिन परिवारको अपिल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ राम्चेका ताराकुमार कार्कीको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको हो । हाल कार्की काठामाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत छन् । उनको टाउकोको ट्युमर अप्रेसन गरिएको र हाल चिकित्सकको निगरानीमा राखिएको परिवारले जनाएको छ । चिकित्सकको सल्लाह अनुसार पुनः अप्रेसन गर्नुपर्ने भए...
झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण

झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण

विराटनगर । झापाको मेचीनगर नगरपालिकामा घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण देखापरेको छ । नगरपालिकाका अनुसार मेचीनगरको वडा २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को संक्रमण पुष्टि भएको हो । पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको नगरपालि...
सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा एक वृद्धा मृत फेला परेकी छन् । ग्रामथान गाउँपालिका-७ की ८९ वर्षीया तिलमाया खड्का नहरमा घोप्टो परेर डुबेको अवस्थामा आज मृत फेला परेकी हुन् । प्रहरीका अनुसार वृद्धा शनिबार घरबाट हराएकी थिइन् । वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टम...
कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुँदै

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुने भएको छ । विराट कोशी जुडो क्लबको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जेठ २६ र २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता विराटनगर स्थित सहिद रङ्गशालाको कभर्ड हलमा हुने जनाएको छ । जुडो खेलमा नयाँ प्रतिभाहरूको क्षमता अभिवृद्धि तथा जुडो खेलप्रतिको आकर्षण वृद्धि गर्ने उद्देश्यसहित प्...
माओवादी महालक्ष्मी नगर कमिटी अध्यक्षमा रखाल चयन

माओवादी महालक्ष्मी नगर कमिटी अध्यक्षमा रखाल चयन

धनकुटा । नेकपा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी धनकुटाको अध्यक्षमा पदम रखाल चयन भएका छन् । शनिबार माओवादी केन्द्र नगर कमिटीको सम्मेलनले रखाललाई अध्यक्षतामा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा टिकाराम श्रेष्ठ र सानु कार्की चयन भएका छन् । सचिवमा लोकबहादुर नेपाल, सह-सचिवमा लिला गुरुङ र कोषाध्यक्षमा दुर्गा भुजेल चयन भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओमप्रकाश निरौला, महालक...
सप्तकोसीमा बेपत्ता गोताखोरको शव भेटियो

सप्तकोसीमा बेपत्ता गोताखोरको शव भेटियो

विराटनगर । विपद् पूर्वअभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा बेपत्ता अर्का गोताखोरको पनि शव फेला परेको छ । कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरज साउदको शव फेला परेको प्रहरीले जनाएको छ । कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर टोलीले उनको शव फेला पारेको हो । जेठ २२ गते पूर्वअभ्यासको क्रममा साउदसँगै अर्का गोताखोर हरदेव सिंह राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव भने बेपत्ता भएको भोलिपल...
धनकुटाका पत्रकारहरूलाई मल्टिमिडिया र एआई प्रयोग सम्बन्धी तालिम 

धनकुटाका पत्रकारहरूलाई मल्टिमिडिया र एआई प्रयोग सम्बन्धी तालिम 

धनकुटा । धनकुटामा पत्रकारहरूलाई लक्षित चार दिने मल्टिमिडिया र पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा तालिम सुरु भएको हो । तालिमको उद्‌घाटन गर्दै कोशी प्रदेश सांसद निरन राईले पछिल्लो समय पत्रकारिता क्षेत्रमा निकै चुनौती थपिएकाले समयसापेक्ष प्रविधिको ज्ञान लिन आवश्यक भएको बताए ।...
कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरको सहिद रङ्गशालामा छनोट प्रतियोगिता सुरु भएको हो । ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै सभामुख विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, ख...
धनकुटामा मनाइयो विश्व खाद्य स्वच्छता दिवस

धनकुटामा मनाइयो विश्व खाद्य स्वच्छता दिवस

धनकुटा । धनकुटामा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ भन्ने मुला नाराका साथ खाद्य स्वच्छता दिवस मनाइएको हो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा खाद्य सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराइएको थियो । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण चक्रमा स्वच्छता र वैज्ञानिक तरिकाको प्रयोग अनिवा...
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्‌घाटन गरेका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित हल्दीबारीमा दुई अर्ब लगानीमा निर्माण भएको सामुदायिक अस्पतालको आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले विपन्न र आर्थिक अवस्था कमजोर भएको समुदायलाई सरल र सहज उपचार स...
धनकुटामा एक हजार किलो गाँजा जलाएर नष्ट

धनकुटामा एक हजार किलो गाँजा जलाएर नष्ट

धनकुटा । धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजासहित प्रतिबन्धित लागूऔषध जलाएर नष्ट गरेको छ । शनिबार धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा नौ सय ९९ किलो गाँजा जलाएर नष्ट गरिएको हो । यस्तै प्रतिबन्धित लागूऔषध ट्रामाडोल आठ सय सय ९१ क्याप्सुल, डाइक्लोमाइन हाइड्रोक्लोराइड आठ सय ९१ ट्याब्लेट जलाएर नष्ट गरिएको छ । धनकुटामा प्रहरीले पछिल्लो समय लागूऔषध, गाँजासहित ओसार-पसारमा संलग्नलाई पक्राउ गर...
इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

विराटनगर । मोरङको विराटचोकमा ‘जेसीआई नेपाल बिजनेस एकेडेमी’ गरिएको छ । इन्द्रपुर जेसीजले विराटचोकस्थित नेपारलिका होटेलमा तीन दिने कार्यक्रम गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम उद्‌घाटन गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रम नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे ।  कार्यक्रममा देशभरबाट ६८ जना सहभागी भएका थिए । उनीहरूलाई...
error: Content is protected !!