संगालोखबर
फाइल तस्बिर

उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उदयपुरको गाईघाट शाखामा कार्यरत एक कर्मचरी पक्राउ परेकी छन् । ग्राहकको खाताबाट पैसा हिनामिना गरेको आरोपमा सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका-५ की बानियाँमाथि ग्राहकको पैसा हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement

‘बैंकले ग्राहकको पैसा हिनामिना गरेको भनेर जाहेरी दिएको थियो’, डीएसपी दोङले संगालोखबरसँग भने, ‘जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान भइरहेको छ ।’

उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । अन्य व्यक्ति संलग्न भए नभएको अनुसन्धानबाट पुष्टि हुने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!