संगालोखबर
फाइल तस्वीर

विराटनगर । चैत १९ गतेबाट सुरु हुने एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार ८० हजार ९ सय १० जना परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन् ।

निर्देशनालयका अनुसार कोशी प्रदेशभरि ३३२ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष र ४ हजार ६३ निरीक्षक तोकिएको छ ।

Advertisement

यस्तै ८ सय १३ सहायक कर्मचारी, १ हजार ६ सय १५ सहयोगी कर्मचारी र ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन गरिने छ । कार्यालयले परीक्षालाई शान्त, व्यवस्थित र निष्पक्ष बनाउन सबै सरोकारवाला निकायसँग समन्वय एवं सहयोगको आह्वान गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!