क्रिकेट लिगको उपाधि विराटनगरलाई
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको क्रिकेट लिगको उपाधि विराटनगरले जितेको छ । मेलीवोन ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले पराजित गर्दै विराटनगर क्रिकेट क्लबले उपाधि जितेको हो ।
उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उप विजेता सिद्धार्थले नगर १० हजार र ट्रफीमा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित...





























