धनकुटाबाट ब्राउन सुगरसहित चार जना पक्राउ
धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ चौबिसे गाउँपालिका-६ राजारानीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २२ वर्षीय पुजन लिम्बुको घरमा सुतिरहेको अवस्थामा पुजनसहित २२ वर्षीय सेसेहाङ चेम्जोङ, २२ वर्षीय जेम्सन लिम्बु र ३७ वर्षीय दिनेश लिम्बु पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ३ ...






























