
सुनसरी । सुनसरीमा बर्डफ्लु संक्रमण फैलन थालेपछी उच्च सतर्कता अपनाइएको छ । विभिन्न स्थानका कुखुरा फार्महरूमा बर्डफ्लु सङ्क्रमण फैलिन थालेपछी सतर्कता बढाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा सङ्क्रमण पुष्टि हुँदै गएका छ ।
अहिलेसम्म इनरुवा नगरपालिका-२ कुसुमगाछीमा ब्रोइलर कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै इटहरी उपमहानगरपालिका-१६ मा स्थानीय जातका कुखुरा र हाँसमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाका विभिन्न फार्मबाट संकलित नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रोग पुष्टि भएपछि नियन्त्रणका उपायहरू तीव्र पारिएको छ । सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्र वरपर उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्महरूमा पनि निगरानी कडा गरिएको छ ।
अहिलेसम्म १४ वटा फार्मबाट १९ हजार बढी कुखुरा नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

संगालोखबर 



















