एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईई नतिजाका आधारमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको दाबी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको विद्यालयले जनाएको छ ।
यस्तै, बाँकी ८ जनाले २.८१ देखि ३.२ ...





























