उर्लियो अरुण नदी, सतर्कता अपनाउन आग्रह
सङ्खुवासभा । निरन्तरको वर्षासँगै अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सतर्कता अपनाउन आग्रह गरेको छ । अरुणको बाढीले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो । जिल्ला प्रशासन कार्यालयले नदी...






























