संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो ।

Advertisement

अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जनाइएको छ ।

यसअघि प्रदेशको क्यालेन्डरमै आदिवासी जनजाति दिवसमा बिदा दिने उल्लेख थियो । यो वर्ष भने उक्त बिदा क्यालेण्डरबाट हटाइएकामा मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गरेको हो ।

सङ्घीय सरकारले तोकेको अतिरिक्त प्रदेश सरकारले थप ६ वटा बिदा दिने पाउने व्यवस्था छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!