संगालोखबर

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सङ्घीय सांसद योगेन्द्र मण्डलले आश्रममा छोराको जन्म दिन बालबालिकालाई सहयोग गरी मनाएका छन् । छोरा तेजस्वीको २३औं जन्म दिन विराटनगरको पूर्वाञ्चल बाल आश्रममा आश्रितहरूलाई खाना खुवाएर मनाएका हुन् ।

Advertisement

पछिल्लो समय तडकभडकका साथ जन्म दिन मनाउने र अनेकन बिकृति मौलाइरहेको बेला त्यसलाई चिर्दै छोराको जन्म दिन आश्रममा मनाएको उनले बताए । अनावश्यक पैसा खर्च गरेर तडकभडक गर्नु भन्दा समाजमा सकारात्मक सन्देश दिन पनि जन्म दिनमा आश्रममा आश्रितलाई खाना खुवाएको उनको भनाइ छ ।

आश्रममा रहेका लगभग ९० जना आश्रितलाई खाना खुवाइएको मण्डलले जानकारी दिए । तेजस्वीले आफू विभिन्न सामाजिक काममा पनि सक्रिय रहेको र तडकभडक नगरी समाजमा सकारात्मक सन्देश दिन जन्मदिन आश्रममा मनाएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!