संगालोखबर

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

Advertisement

नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ति भएको भन्दै उनले यसको संरक्षण गरी चिर पर्यन्तसम्म कायम गर्न सके भावी पुस्ताले पनि अनुसरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।

आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज निर्माण गर्नु सबैको दायित्व भएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आदिवासीका हक, अधिकार र पहिचानको रक्षाको निम्ति सबैमा प्रेरणा मिलोस् भनी उनले शुभकामना व्यक्त गरेका छन् । आज विविध कार्यक्रम गरी ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै छ ।

यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि आदिवासी जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!