संगालोखबर
सांकेतिक तस्वीर

सोलुखुम्बु । सल्लेरीमा करेन्ट लागेर विद्युत् कम्पनीका एकजना कर्मचारीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हिजो अपराह्‍न बिजुलीको तार आसपासको रूख बिरुवा काँटछाँट गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । फाप्लुस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त घटनामा कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलु दूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, ज्यालादारीमा कार्यरत ४ वर्षीय टासी शेर्पा र ५१ वर्षीय कुमार बस्नेत घाइते भएका छन् । उनीहरूको फाप्लुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!