संगालोखबर

विराटनगर । विराटनगरको ‘सेन्टजोसेफं प्लस टु’ ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अनौठो तरिकाले स्वागत गरेको छ । स्कुल परिसरमा एक फरक कार्यक्रमको आयोजना गरेर स्कुलले विद्यार्थीहरूलाई नयाँ तरिकाले स्वागत गरिएको डाइरेक्टर रोहितजंग थपलियाले जानकारी दिए ।

Advertisement

उनले अन्यभन्दा फरक रूपमा सेन्टजोसेफलाई चिनाउन पनि ‘फ्रेसर पुल पार्टी’ को आयोजना गरेको बताए । यस कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा पनि ठूलो भूमिका खेल्ने बताए । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रमको सम्पूर्ण जिम्मा लिएर सफलतापूर्वक सम्पन्न भएको थपलियाको भनाइ छ ।

‘कार्यक्रम हवाई र समुद्र किनारको थिममा आयोजना गरिएको हो’, थपलियाले भने, ‘कार्यक्रमस्थलमा कृत्रिम छाप्रा र नरिवलका रुखहरूले सजाएर समुन्द्र किनारको वातावरण सिर्जना गरिएको हो ।’ कार्यक्रममा खानालगायत व्यवस्थापन होटल म्यानेजमेन्टका विद्यार्थीहरूले गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!