संगालोखबर

भोजपुर । इर्खुवा खोलाको बाढीले सडक क्षतिग्रस्त बनाएपछि साल्पासिलिछो गाउँपालिकामा आवागमन प्रभावित भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा बगाएको छ ।

Advertisement

गत साताको बाढीबाट पुललगायतका अन्य संरचनामा पनि क्षति भएको प्रहरीले जनाएको छ । बाढीका कारण उक्त पालिकाको वडा ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुल पनि क्षति भएको छ ।

बाढीले सडक बगाउँदा यात्रुहरूलाई आउजाउमा समस्या हुनुका साथै उपभोग्य सामग्री ढुवानी पनि प्रभावित भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!