संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुन्दरहरैँचामा कारको ठक्करले गएराति एक जनाको मृत्यु भएको छ । सुुन्दरहरैँचा नगरपालिका–७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसामका ५५ वर्षीय हुपेनर कठेटको मृत्यु भएको हो ।

प्रहरीका अनुसार टाउकेसमेत शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक झापाको दमक–१३ का ३० वर्षीय सुजन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!