धनकुटाको साँगुरीगढीमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मुक्तेनमा गएराती पिकअप गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुक्तेनबाट नाम्जे जाँदै गरेको को.२ च ११०५ नम्बरको पिकअप राती करिब ९ः१५ बजे पल्टिएको हो ।
दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका ६ का ३८ वर्षीय निरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार साँगुरीगढी ६ का ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीय मिना मगर र उनकी छोरी ६ वर्षीया...






























