कास्कीमा पहिरोसहित पुरिएका ११ जनाको मृत्यु
पोखरा । पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा–३२ चैनपुरमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।
पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा गएराति ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छ...





























