संगालोखबर


विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा  सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२ ओभरमा सबै विकेट गुमाउँदै एक सय १९ रनको झिनो योगफल बनाएको थियो । मधेशले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय आठ रन मात्रै बनाउन सक्यो ।

Advertisement

सुदूरपश्चिमले चार खेलमा तीनमा जित निकाल्दै छ अङ्क जोडेको छ । मधेशले चार खेलमा दुईमा जित निकालेको छ । यस्तै मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा कोशीले कर्णाली प्रदेशलाई एक सय १८ रनको विशाल अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा कोशीको यो पहिलो जित हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियो । कर्णालीले २५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो ।

कोशीले चार खेलमा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । कर्णाली भने जित विहिन हुँदै पुछारमा छ । भोलि बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी र बागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!