संगालोखबर


विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी  भएका छन् । बिहीबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा
सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।  

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ३६.५ बलमा सबै विकेट गुमाएर एक सय दुई रन बनाएको थियो । सुदूरपश्चिमले २६ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य पुरा गरेको थियो ।

Advertisement

जितसँगै सुदूरपश्चिम ३ खेलमा २ मा जित हात पार्दै ४ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ । गण्डकीले ४ खेल मध्ये २ मा जित र २ मा पराजित हुँदै नेट रन रेटको आधारमा तेस्रो स्थानमा झरेको छ ।

यस्तै मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्बिनीले  बागमती प्रदेशलाई एक सय दुई रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । 

बाग्मतीले ४४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो । लुम्बिनी ४ खेलमै अपराजित हुँदै ८ अङ्कका साथ शीर्ष स्थान रहेको छ । बागमती ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

भोलि बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेश र सुदूरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुनेछ  । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!