कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।
परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा सामग्री हस्तान्तरण गरिएको हो । ‘हार्ड बल र सफ्ट बल क्रिकेट’ दुवैलाई मध्यनजर गर्दै विविध सामग्रीहरू प्रदान गरिएको छ । जसमा क्रिकेट ब्याट, हेलमेट, प्याड, ग्लोभ्स,...





























