संगालोखबर
सांकेतिक तस्बीर

सर्लाही । सर्लाहीमा एक युवाले गोली प्रहार गरि पत्नीको हत्या गरेका छन् । गएराति हरिपुर्वा नगरपालिका-५ का ३० वर्षीय धिरेन्द्र रायले २५ वर्षीया पत्नी चित्रलेखालाई गोली हानेका थिए ।

गोली लागेर चित्रलेखाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट बुबा ५३ वर्षीय दिनेश राय घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

गोली प्रहार पश्चात फरार भएका धिरेन्द्रको खोजी भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीबाट केहिदिन अघि मात्र घर आएका उनले के कारणले गोली प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

उनीसँगै अन्य व्यक्ति पनि आएको हुनसक्ने भन्दै विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!