सिरहा । सिरहामा गाडीले ठक्कर दिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएको छ । गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको मृत्यु भएको हो ।
बरियारपट्टी गाउँपालिका-१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर नखुलेको गाडीले आज बिहान करिब ३ बजे यादवलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो ।
ठक्कर दिएका गाडीसहित चालक फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।