संगालोखबर
सांकेतिक तस्वीर

महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा कुटपिट गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार  स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई घरायसी विवाद हुँदा हिजो साँझ कुटपिट गरेका थिए ।

Advertisement

निर्घात कुटपिटपछि गम्भीर घाइते भएकी रोशनालाई बेलैमा उपचारका लागि स्वास्थ्य संस्था नलगेको प्रहरीले जनाएको छ । समयमै उपचार हुन नसक्दा उनको मृत्यु भएको थियो । घटनापछि फरार हत्या आरोपी नदाफ फरार छन् । उनको खोजी भइरहेको पोखरेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!