सिरहामा भाइ-बुहारीको झगडा छुट्याउन गएका दाइको हत्या
सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ मा भाइले खुकुरी प्रहार गरेर दाइको हत्या गरेका छन् । २५ वर्षीय भाइ श्याम सदाले खुकुरी प्रहार गरेर ३५ वर्षीय दाइ मोतीराम सदाको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार मोतीराम भाइ-बुहारीको झगडा छुट्याउन गएका थिए । बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भएको थियो ।
विवाद छुट्याउन गएका दाइ मोतीराम भाइ श्यामले खुकुरी प्रहार गरेका थिए । ख...






























