सिरहा । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बेचेको पाइएपछि जरिवाना गराइएको छ । लहान नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा खसीको भन्दै बाख्राको मासु बेचेको पाइएको थियो ।
यसरी बाख्राको मासु बेच्नेलाई पाँच हजार जरिवाना गरिएको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले जानकारी दिए । ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको पाइएपछि ११ हजार जरिवाना गरिएको उनले बताए ।
अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको उपप्रमुख महतोको भनाइ छ । बजारमा ठगी भइरहेको भन्दै उपभोक्ताबाट गुनासो आएपछि अनुगमनलाई तीब्र पारिएको उनले बताए ।