संगालोखबर


सिरहा । सिरहाको एक होटलमा समोसामा कीरा भेटिएपछि जरिवाना गरिएको छ । लहान स्थित माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको हो ।

लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा उक्त होटलमा समोसामा कीरा भेटिएको छ । सोही क्रममा अनुगमन टोलीले कृष्णा सप्लायर्समा म्याद गुज्रिएको पेयपदार्थ फेला परेको थियो । उक्त पेय पदार्थ नष्ट गरिएको छ ।

Advertisement

सोही क्रममा ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’ को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने पाइएको छ । ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!