संगालोखबर


विराटनगर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । अन्य पाँच जनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आज बिहानको राति हिरासतको भेन्टिलेसन फोडेर नौ जना थुनुवा फरार भएकामा एक जनालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।

Advertisement

सत्यम झा, रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र बिक्की कार्की पक्राउ परेका हुन् । उनीहरू लागूऔषध र अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।

लागूऔषध मुद्दाका अमितकुमार झा, रञ्जित मण्डल, विशाल मुखिया र अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर र मनिष मण्डल फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!